“म अहिले लभसवको चक्करमा लाग्दीन” विनिशा ||

झापाको विर्तामोडबाट सञ्चालित सुर्योदय टेलिभिजनबाट हरेक दिन प्रसारण हुँदै आएको कार्यक्रम ‘कल सुर्योदय’को कार्यक्रम प्रस्तोताका रुपमा रहेकी विनिशा भण्डारी मोडलिङमा पनि उत्तिकै मोह राख्छीन । केही समय अगाडी गायक सनम विकको गीत ‘आँखा भित्र’वोलको गीतबाट म्युजिक भिडियोमा डेव्यु गरेकी भण्डारीले अरु केही म्युजिक भिडियोको तयारी भईरहेको बताएकी छिन ।Binisha Bhandari

झापाको मेचीनगर ५ धुलावारी घर भएकी विनिशा अहिले विर्तामोडको कोहेड कलेजमा कक्षा ११मा अध्यनरत छिन । २०७२ सालमा धुलावारीमा रहेको पारिजात अंग्रेजी स्कुलबाट एसएलसी पास गरेकी विनिशा भविश्यमा राम्रो वकिल बन्ने लक्ष्य रहेको बताउँछीन । वकिलसंगै मोडलिङ र मिडियाबाट टाढा नहुने उनको इच्छा रहेको छ । सानैबाट नाच्न गाउँन असाध्य मन पराउने विनिशा अहिलो पनि गितार राम्रो बजाउँछीन । सबै क्षेत्रको ज्ञान बटुल्नु पर्छ भन्ने सोच बोकेकी उनले आफु ‘अल राउण्डर’ हुन चाहेको बताइन । भण्डारीले मोडलिङ क्षेत्रमा प्रवेशको लागी आमा बुवा लगायत दाजु र स्कुलका प्रिन्सीपल विनोद प्रधानको साथ रहेको बताउँछीन । आफ्नो मेहनतले संधै अगाडी बढ्न चाहाना राख्ने उनले राम्रो र इमान्दारीता पुर्वक काम गर्न सके मोडलिङ क्षेत्र पनि राम्रो रहेको बताइन् ।

उनले स्कुल पढ्दा बादविवाद,हाजीरी जवाफ लगायत विभिन्न स्टेज कार्यक्रम सञ्चालनमा औधि रुची राख्ने गरेकोले सानो छँदा देखिनै वकिल बन्ने सपना बुनेको बताइन । मोडल भण्डारीे राजनितिमा पनि आफु निकै अग्रसर रहेको बताउँछीन । भिजे र मोडलका रुपमा परिचित भण्डारीले पहिला भन्दा अहिले समाजले हर्ने द्रिष्टीकोण पनि फरक रहेकोले आफुले पनि समाजका लागी राम्रो काम गरेर देखाउनु पर्ने धारणा राख्छीन । लभको प्रसङ्गमा पनि खुलेर परिभाषा दिने भण्डारीले अहिले आफ्नो करियर बनाउने बेला भएकोले कुनै लभ सबको चक्करमा नरहेको बताइन ।

Published On: Time : 13:08:31  1023पटक हेरिएको

तपाईको प्रतिक्रिया