कलाकारको ‘मकै’ खेती

Kalakarko Makai Kheti

कलाकारले कलाकारीता मात्र प्रस्तुुत गरेर आर्थिक रुपमा सहज तरीकाले जिउन नसकीरहेको अवस्थामा झापाको चारपानेमा रहेको क्षितिज नाट्य समुहले उदाहरणीय कामको शुरुवात गरेको छ । विर्तामोड नगरपालिका २ चारपानेमा सहारा साकोसको सहारा सांस्कृतिक परिवारसंगको सहकार्यमा क्षितिज नाट्य समुहले २ विगाह जग्गा ब्याजमा लिएर आम्दानी शुरुवात गरेको हो ।

कलाकारीताको क्षेत्रबाट समाज परिवर्तन गर्न लागी परेको यस नाट्य समुहले कलाकारको गाँस वास र कपासको व्यवस्था गर्न यो खेती शुरुवात गरेको निर्देसक माधव कल्पितले बताए । उनले रसायनिक विषादीका कारण मानव स्वास्थ्यलाई दिर्घकालिन असर पारीरहेको अवस्थामा कलाकारहरुले सडक,रेडियो,टेलिभिजनबाट जनचेतना मुलक नाटक प्रर्दशन गर्नुका साथै आफैँ अग्र्यानिक खेती शुरु गरेको बताए । कलाकारहरुले रसायनिक विसादीको प्रयोग गरेर स्वास्थ्यमा दिन प्रतिदिन बढ्दै गएको असरलाई न्युनिकरण गर्ने उदेश्यका साथ अग्र्यानिक मकै,काँक्रा,फर्सी,दालटमटर लगायतका बालीहरु लगाएका छन् ।

Kalakarko Tamoter

समहुमा रहेका महिला पुरुष गरी २० जना कलाकार रहेका छन् । धेरै जसो सिरियल र सडकमा देखिने कलाकारहरुले समय निकालेर जग्गामा अग्यानिक खेती शुरुवात गरेका हुन् । यसबालीबाट समाजमा सकरात्मक सन्देसमात्र जाने नभई कलाकारहरु आर्थीकरुपमा पनि सक्षम हुने अपेक्षा गरीएको छ । कलाकारीता गरेर मोफसलमा बाँच्न गाह्रो हुने भएकाले व्यवसायिक हिसावले अघि बढ्नको लागी पनि खेती अनिवार्य रहेको कलाकार गजेन्द्र पृथक बताउँछन् । कलाकार समुहको यो काम प्रारम्भिक चरणको मात्र हो । समुहले विभिन्न जात जातिका भेष भुसा,रहन सहन,भाषा संस्कृतिको जर्गेना गर्ने उदेश्यका साथ संग्रालय सहित नाट्य घर निमार्ण गर्ने तयारी पनि गरीरहेकोे छ । करिब २ करोड ५० लाखको निर्माण लागत अनुमान गरीएको यो संग्राहलय सहितको नाट्य घर आन्तरीक तथा वाह्रय पर्यटकको लागी उचित गन्तव्य रहने अनुमान लगाउन सकिन्छ ।

समाजमा व्यवसायिक कलाकारीताको माग बढ्दै गईरहेकोबेला कलाकारहरुलाई गाँसवास र कपासको व्यवस्थाका लागी यो उचित काम हो । यसरीनै सबै कलाकारहरुले यसको सिको गर्न सके आर्थिकरुपमा सबल बन्नेमा २ मत छैन ।

Kalakarko Kakra Kheti

Published On: Time : 20:27:25  715पटक हेरिएको

तपाईको प्रतिक्रिया