बन्ने भयो ‘नाई नभन्नु ल ५’,मुख्य भुमिकामा अनुभव

Anuvab Regmi

‘नाई नभन्नु ल’को सफलतासंगै हौषीएका निर्देशक विकास आचार्यले अब ‘नाई नभन्नु ल ५’निर्देशन गर्ने भएका छन् । चलचित्रको लगातार सिक्वेल बनीरहेको छ । सबै सिक्वेलहरु सफल पनि भएका छन् । 

विकासले निर्देशन गर्ने यो चलचित्रको कथा तयार गर्ने काम भैरहेको छ । विकासले आफ्नो जन्मदिनमा चैत्रको अन्तिम साता रिलिज गर्नेगरि ‘नाई नभन्नु ल’को पाँचौ श्रृङ्खला निर्देशनको घोषणा गरेका हुन् । चलचित्रमा अनुभव रेग्मी मात्र मुख्य भूमिकामा हुनेछन् ।

अनुभवले ‘नाई नभन्नु ल’को यस अगाडिको सबै सिरिजमा काम गरिसकेका छन् । ‘नाई नभन्नु ल’को सफलता पछी विकासले यो नामलाई छाड्न सकेका छैनन् । चलचित्रका लागि गीत बसन्त सापकोटाले तयार गरिसकेका छन् ।

Published On: Time : 9:48:37  709पटक हेरिएको

तपाईको प्रतिक्रिया