साहरुख र अनुष्काको केमेष्ट्री

बलिउडमा नायक साहरुख खान र नायिका अनुष्का शर्माको जोडी चर्चित छ । साहरुखसँगै चलचित्र ‘रब ने बना दी जोडी’बाट अनुष्काले बलिउडमा डेब्यू गरेकी थिइन् । साहरुख र अनुष्काले दोश्रो पटक चलचित्र ‘जब तक हे जान’मा काम गरेका थिए । अब, यो जोडी तेश्रो पटक चलचित्र ‘जब ह्यारी मेट सेजल’मा पर्दामा देखिदैछ । यो चलचित्रको पहिलो गीत सार्वजनिक भएको छ ।

सार्वजनिक ‘राधा’ बोलको गीतले युटुबमा तहल्का मच्चाइरहेको छ । सार्वजनिक भएको छोटो समयमा नै ६० लाख भन्दा बढी पटक हेरिएको यो गीतमा साहरुख र अनुष्काको गजबको केमेष्ट्री देखिएको छ । इम्तियाज अलीले यो रोमान्टिक कमेडी चलचित्रको निर्देशन गरेका हुन् । अगष्ट ४ बाट यो चलचित्र रिलिज हुँदैछ ।

 

Published On: Time : 10:05:22  301पटक हेरिएको

तपाईको प्रतिक्रिया