‘जय माँ पाथीभरा’को भजन सार्वजनिक (हेर्नुहोस भिडियो)

पुर्वको प्रशिद्व तिर्थस्थल ताप्लेजुङ्गको पाथीभरा मन्दिरको महिमा बोकेकोे भजन ‘जय माँ पाथीभरा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भजनमा गायक तथा संगीतकार कृष्ण भण्डारीले शब्द संगीत तथा स्वर दिएका छन् । गायक भण्डारीले पाथीभरा मातासंग आस्था तथा विश्वास राख्नेहरुको लागी समर्पीत गर्दै भजनको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
‘कृष्णकाले नक्कले’,‘कृष्णजी मन पर्यो मलाई’लगायत दर्जनौ सुमधुर भक्तिभजनमा स्वर भरेका गायक भण्डारी आधुनिक गीत संगीत तथा लेखनमा पनि उत्तिकै अव्वल मानिन्छन् । केही समय अघि सार्वजनिक भएको ‘तिम्रो घरको गल्ली हुँदै’, ‘तिमीले विहे गर्यौ अरे’ लगायतका उन्का गीतहरु चर्चित छन् । भारतको बनासरमा शास्त्रीय संगीतको शिक्षा आर्जन गरेका भण्डारी मेहनती संगीतकर्मी हुन् । चार वर्ष अघि बजारमा आएको गायक श्रीकृष्ण लुईटेल बोकेदाह्रीको आवाजमा रहेको गीत ‘बाँके वर्दीया’ले पनि उनको उचाईमा इट्टा थपीदिएको छ । बोकेदाह्रीले गाएका धेरै गीतहरुको उनको संगीत हुने गरेको पाईन्छ ।

समुन्द्री सतहदेखि ३ हजार ७ सय ९४ मिटरको उचाईमा रहेको ताप्लेजुङ्गको पाथीभरा देविको मन्दीरको महिमा समेटीएको भजनमा गायक भण्डारी स्वयमले अभिनय गरेका छन् । भजनमा भक्तजनहरुको विचमा एउटा मार्ग दर्शकको रुपमा उभिएका छन् । साधुको वस्त्र धारण गरेका भण्डारीले पाथीभरा माता प्रतिको आस्थालाई दर्शाएको पाइन्छ । ‘जय माँ पाथीभरा’को भजन भजन भिडियो छायाङ्कनमा समेत छुट्टै आनन्द मिलेको गायक भण्डारीले बताए । भजनमा नविन भुजेलको निर्देशन तथा तिलक रिजालको छायाङ्कन रहेको छ ।

हेर्नुहोस भिडियो

 

Published On: Time : 22:13:54  1969पटक हेरिएको

तपाईको प्रतिक्रिया