विर्तामोडमा ‘लिटल च्याम्प २०१८’

झापाको विर्तामोडमा ‘लिटल च्याम्प २०१८’ हुने भएको छ । विर्तामोड नगरपालिका भित्र रहेका विभिन्न बोर्डीङ्ग तथा सरकारी विद्यालयमा अद्ययनरत कक्षा ५ देखी १० कक्षा सम्मका प्रतिभावान विद्यार्थीहरुलाई समेट्ने उदेश्यका साथ ‘लिटल च्याम्प’ प्रतियोगीताको आयोजना गरीएको कारीयोग्राफर वर्षा शिवाकोटीले बताईन् ।

मेरो लुक्स इन्टरटेन्मेण्टको व्यानरमा आयोजना गरीएको यस प्रतियोगीतामा सहभागीहरुलाई १ महिना बन्द शत्रमा राखेर विभिन्न प्रकारका तालिमहरु प्रदान गरीने प्रतियोगीता संयोजक संजिव मैनालीले जानकारी दिए ।यस एक महिनाको तालिमबाट विद्यार्थीहरुमा धेरै निखारपन आउने उनको भनाई छ । ‘लिटल च्याम्प २०१८’को पहिलो अडिसन असार ३० गते शनिवार आयोजना गरीएको जनाईएको छ ।
यस प्रतियोगितामा ३० जनालाई मात्र सहभागी गराउने आयोजकको योजना रहेको छ । साउन १    गते देखी एक महिना सम्म राखीने बन्द शत्रमा व्यात्तित्व विकास तथा पव्लीक   स्पिकिङ्ग,आरजे,भिजे लगायत मोडलिङ र फोटो सुट गराईने तालीम संयोजक दिपेश बस्नेतले बताए ।

Published On: Time : 21:17:39  786पटक हेरिएको

तपाईको प्रतिक्रिया