यु ट्युबबाट चर्चित बन्दै निशाको पहिलो अफिसियल गीत ”संधै लाइ”

धेरै नेपाली एबम हिन्दी गीत हरुको कभर गीतबाट चर्चित बनेकी गायिका निशा कंडेलको स्वरमा रहेको गीत ‘सधैँ लाइ’ को अफिसियल भिडियो सार्बजनिक भए लगत्तै यु ट्युबबाट चर्चित बन्दै गएको छ । लामो समय संगीत सिकेर गीत रेकर्ड गरेकी निशाको यो पहिलो अफिसियल गीत र भिडियो हो । अमन प्रधानको शब्द तथा संगीतमा बनेको भिडियो उत्कृस्ट बनेको छ । राहुल प्रधानको संगीत संयोजन रहेको गीतमा गायिका कंडेलको स्वर सुहाएको छ । गीतले मायामा परेको र आफ्नो प्रेमी प्रति संधै समर्पित भाव बोकेको छ।


चक्र महर्जनले छायांकन गरेको भिडियोलाइ बिजेश पौडेलले सम्पादन गरेका छन् । भिडियोमा गायिका स्वयम् र अमन प्रधानको अभिनय रहेको छ । राहुल प्रधानको निर्देशनमा तयार भएको भिडियोलाइ केबीए ग्लोबल एजुकेसन कन्सल्टेन्सीले सपोर्ट गरेको छ ।
केबीए ग्लोबल एजुकेसन एण्ड माईग्रेसनले युवा तथा प्रतिभा भएका कलाकारहरु लाई प्रोत्साहन गर्दै आइरहेको छ । अस्ट्रेलियाको सिड्नी,डार्विन,पेर्थ अनि फिलिपिन्स र नेपालमा काठमाडौँ,चितवन,बुटवल,नेपालगंज,पोखरा र बनेपामा कार्यालय संचालनमा छन् । छिट्टै मेलबर्नमा र ब्राजिलमा पनि कार्यालय खुल्न लागेको ग्लोबल हेड बिजनेस डिपार्टमेन्ट रोशन क्षेत्रिले जानकारी गराए । कला र गीत संगीत प्रेमी क्षेत्रिले निशा कंडेल जस्तै अन्य प्रतिभा भएका कलाकारहरुको प्रोमोसनको लागि निरन्तर केबीए ग्लोबलले सहयोग गर्दै जाने पनि बताए । अन्य थप गीतहरु पनि रेकर्ड भैसकेको र थप भिडियोको निर्माण काम पनि तिब्र गरिने निर्माता रोशन छेत्रीले जानकारी दिनु भयो। गैडाकोट नवलपरासीकी निशाको यस अघिका कभर गीतहरु श्रोता एबम दर्शकहरुले निकै रुचाएका छन् ।

Published On: Time : 16:17:04  1284पटक हेरिएको

तपाईको प्रतिक्रिया