”रमाइलो साझ २०७५ ‘मा कमल खत्री, प्रकाश कटुवाल देखि चर्चित डान्सर रिया श्रेष्ठको दमदार प्रस्तुति हुने

यहि अगस्त  २४ तारिखमा कतारको दोहास्थित डल्ला ड्राईभीङ एकाडेमी सेन्टरमा ”रमाइलो साझ २०७५ ”आयोजना हुने भएको छ । बिशेष गरी शारीरिक अपाङ्ग्ता भएको व्यक्तिहरुको सहयोगार्थ हुने सांगीतिक कार्यक्रममा एक खुट्टाले डान्स गरेर चर्चित भएकी डान्सर नीलम ढुंगाना को बिशेष नृत्य प्रस्तुति रहने छ ।भने साथमा  युवा बीच चर्चित गायक कमल खत्री, दोहोरीका प्रकाश कटुवाल ,गायिका साना महर्जन ,स्मृती गौतम र चर्चित डान्सर रिया श्रेष्ठको दमदार प्रस्तुती रहनेछ । कार्यक्रमलाई पछिल्लो समय देश  बिदेशमा धेरै सांगीतिक कार्यक्रम चलाउन ब्यस्त रहेका प्रस्तोता भी जे  विवेक खतिवडाले  संचालन गर्ने छन। ”रमाइलो साझ २०७५ ”कार्यक्रम कतारको समय अनुसार दिउसो २ बजेबाट सुरु हुने र भब्य र शब्य रुपमा सम्पन गर्नको लागी आयोजकले सबैसंग आग्रह पनि गरेको छ ।

Published On: Time : 15:49:43  836पटक हेरिएको

तपाईको प्रतिक्रिया