गायक गगन सर्गमको ‘प्रेमको भिखारी’

गायक गगन सर्गमको नयाँ गीत ‘प्रेमको भिखारी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गायक गगनको स्वरमा रहेको सो गितमा निम संगितको शब्द तथा संगित रहेको छ । ‘प्रेमको भिखारी’ एल्बममा समावेश सार्वजनिक गीतको एरेन्ज समेत निमले नै गरेका हुन् ।

उक्त एल्बममा गगन सर्गमको एकल स्वर तथा निम संगीतको एकल संगीत रहेको छ । सार्वजनिक म्यूजिक भिडियोमा गायक गगन र मोडल जुनाको अभिनय रहेको छ। म्यूजिक भिडियोको निर्देशन युवराज वाइबाले गरेका छन् । उत्सब दहालले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
हेनुहोस भिडियो ।

 

Published On: Time : 15:18:33  39पटक हेरिएको

तपाईको प्रतिक्रिया