मिस ट्यालेन्टको उपाधि जापानको पोल्टामा

चीनमा आयोजना भइरहेको मिस वर्ल्ड प्रतियोगिता अन्तरगतको महत्वपूर्ण विधा ‘मिस ट्यालेन्ट’ को उपाधि जापनी सुन्दरीले हात पारेकी छिन् । मिस ट्यालेन्डको प्रतिस्पर्धाको लागि जापानी सुन्दरी कनाको डेटले सुन्दर ओपेरा गायन प्रस्तुत गरेकी थिइन् ।

कनाकोको प्रस्तुतिले जजहरुलाई मोहित बनाएको थियो । उनीहरुले उठेर ताली बजाएका थिए । प्रोफेसनल ओपेरा गायिका समेत रहेकी कनानोले यो उपाधि जितेसंगै मिस वल्र्ड २०१८ को फाइनल (टप ३०) मा पुग्ने उनी दोस्रो प्रतियोगी बनेकी छन् । यसअघि फ्रान्सकी माइभा कोउकेले टप मोडेलको अवार्ड जित्दै फाइनलमा स्थान बनाएकी थिइन् ।

‘तिमी यो अवार्डको हकदार थियौ’ भन्दै शृंखलाले पनि फेसबुक मार्फत कनाकोलार्ई बधाई दिएकी छन् । १८ देशका सुन्दरीहरुले मिस ट्यालेन्डको फाइनल राउन्डमा प्रतिस्पर्धा गरेका थिए ।

हेर्नुहोस् भिडियो

 

Published On: Time : 11:26:57  64पटक हेरिएको

तपाईको प्रतिक्रिया