विदेशी बजारमा ‘प्रसाद’को माग उच्च

गीतसंगीत र ट्रेलरका कारण प्रदर्शन अघि नै दर्शकको मन जितेको चलचित्र ‘प्रसाद’को माग विदेशी मुलुकहरुमा उच्च रहेको यसको निर्माणपक्षले बताएको छ । खासगरि यूरोपियन मुलुकहरुमा चलचित्रको उच्च माग भएको बताइएको छ ।

युरोप वितरणको अधिकार लिएका सुरज कार्कीका अनुसार ११ वटा देशमा चलचित्र रिलिज पक्का भएको छ ।उनका अनुसार ११ देशमा २० शो बुक हुँदा अन्य देशबाट पनि माग बढेको हो। डेनमार्क, पोल्याण्ड, माल्टा, जर्मनी, फिनल्याण्ड, अष्ट्रिया, पोर्चुगल, बेल्जियम, नर्वे लगायतका देशमा चलचित्रको प्रदर्शन पक्का भएको छ ।

विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेतको मुख्य भूमिका रहेको यस चलचित्रमा दिनेश राउतले निर्देशन र सुवास थापाको निर्माण रहेको छ । सुशिल पौडेलले लेखेको चलचित्रमा निःसन्तान दम्पत्तीको कथालाई उठान गरेको छ । चलचित्रका मुख्य कलाकार निश्चल बस्नेतको क्रेज र गीतसंगीतले मन जितेका कारण माग बढेको हो ।

हेर्नुहोस भिडियो

Published On: Time : 11:05:13  64पटक हेरिएको

तपाईको प्रतिक्रिया