बर्षा र अनुपको जोडि ‘पुरानो बुलेट’ मा

फिल्म क्षेत्रमा चललित्र अभिनित जोडिहरुको धेरै नै चर्चा हुने गर्छ । कहिले काहि तिनै जोडिको कारणले पनि चलचित्र धेरै चल्ने गर्छन् । त्यसै क्रममा नायिका बर्षा सिवाकोटी र नायक अनुप विक्रम शाहीको जोडी नयाँ चलचित्र ‘पुरानो बुलेट’ मार्फत दर्शकमाझ आउँदैछन् ।

यस अघि चलचित्र ‘जय शम्भु’ मा एकसाथ देखिएका यी जोडिलाई दर्शकले निकै मन पराएका थिए । । बर्षा र अनुपले यो जोडि चलचित्र पुरानो बुलेट बाट भने कतिको जम्ने छ यो भने हेर्न बाँकि नै छ ।यो चलचित्र चैत्र १ गतेबाट रिलिज हुँदैछ ।

भिषण राइको निर्देशनमा बनेको चलचित्रमा अनुप, बर्षाको साथमा माला लिम्बु, कृष्णभक्त खनाल, कविता आले, शिव मुखियाको मुख्य भूमिका छ ।चलचित्रमा कथा तथा पटकथा निर्देशक भिषणकै छ । चलचित्रलाई अशोककुमार राइ, टिकाराम राई, विरेन साम्बा, दिपेन लिम्बुको लगानी छ । सन्तोष राई चलचित्रका कार्यकारी निर्माता हुन्

चलचित्रमा समावेश ‘दही चिउरा असार पन्ध्रमा’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा चलचित्रका मुख्य नायक अनुप विक्रम शाहीले नायिका बर्षा सिवाकोटीसँग नृत्य गरेका छन् ।
उत्तमजंग लिम्बुको संगीत रहेको गतिमा उत्तम र मेलिनाको स्वर, राम भट्टराइको शब्द छ । प्रशान्त ताम्राकारको कोरियोग्राफी रहेको गीतको भिडियोलाई नेपाली मौलिकता जोडेर छायांकन गरिएको छ ।

Published On: Time : 15:23:36  31पटक हेरिएको

तपाईको प्रतिक्रिया