चलचित्र ‘जानी नजानी’ को फस्ट लुक पोष्टर सार्वजनिक

चलचित्र ‘जानी नजानी’ को फस्ट लुक पोष्टर सार्वजनिक भएको  छ । चैत्र १ गतेलाई रिलिज मिति तय गर्दै पोष्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोष्टरमा फिल्मका लिड कलाकारहरु मनिष श्रेष्ठ , निरिशा बस्नेत , सन्नी सिंह र नम्रता श्रेष्ठ फिचर्ड छन् ।

यसै चलचित्र मार्फत निरिशा बस्नेत फिल्मनगरीमा डेब्यु गर्दै्छिन । उनी पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतको छोरी हुन् । त्यस्तै यसै चलचित्र मार्फत बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन ।

रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित चलचित्र आधुनिक प्रेम कथामा आधारित छ । यस चलचित्रमा प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । अधिकारीले यस अघि थुप्रै धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् ।

चलचित्रको कथा , पटकथा र संवाद सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् भने छायाँकन संजय लामाको रहेको छ । चलचित्र ’जानी नजानी’ संगीत अर्जुन पोखरेलले दिएका छन् । फिल्ममा कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ भने यसको सार्वजनिक फस्टलुक पोष्टरलाई कलर ब्लाइन्डले तयार परेको हो ।

फिल्ममा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।

Published On: Time : 15:50:45  51पटक हेरिएको

तपाईको प्रतिक्रिया