‘द भ्वाइस अफ नेपाल’ को फिनाले मा कतार हुने

चर्चित रियालिटी सो द भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले कतारमा हुने भएको छ । आयोजकले दिएको जानकारी अनुसार आगामी डिसेम्बर १४ मा कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा द भ्वाइस अफ नेपालको फिनाले हुने भएको हो । फिनालेको सम्पूर्ण तयारी पूरा भएको पनि आयोजकले जनाएका छन् ।

ग्रिनग्रास ट्रेडिङ एलएलसी र याक एण्ड यती इभेण्ट म्यानेजमेण्टले कार्यक्रमको आयोजना गर्न लागेको हो । आयोजक प्रवीण गुरुङ एनआरएनए आईसीसी मध्यपूर्व क्षेत्रीय उपसंयोजक हुन् भने अर्का आयोजक डिल्लीकला थपलिया व्यवसायी हुन् । त्यसैगरी आयोजक टोलीमा रहेका मनोज श्रेष्ठ एनआरएनए आइसीसी सदस्य हुन् ।

फिनाले कार्यक्रमको विषयलाई लिएर आयोजकले कतारस्थित विभिन्न संघसंस्थाका पदाधिकारीसँग छलफल थालिएको आयोजक एंव एनआरएनए आईसीसी मध्यपूर्व क्षेत्रीय उपसंयोजक प्रवीण गुरुङले जानकारी दिए ।

Published On: Time : 16:02:40  43पटक हेरिएको

तपाईको प्रतिक्रिया