चलचित्र गीत गजल’को छायाँकन सकियो, चलचित्रको बारे यसो भन्छन् निर्माता

नितिन चंन्दको निर्देशनमा बन्दै गरेको चलचित्र गीत गजलको छायाँकन सकिएको छ । निर्देशन चन्दंका अनुसार सिनेमाको एक गीतको छायाँकन बाँकि राख्दै अन्य सम्पुर्ण सुटिङ ३५ दिनमा सकिएको हो । आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई आरोहण क्षेत्रीले निर्माण गरेका हुन् ।

‘गीत गजल’बाट नेपाली सिनेमा क्षेत्रमा रुप पोखरेल र आरोही सिहंले डेब्यु गर्दैछन् । सिनेमा निर्माण आफ्नो टिमले कुनैपनि कमी कमजोरी नछोडेको भन्दै सिनेमा उत्कृष्ट बनेको निर्माता आरोहण क्षेत्रीले बताए । आफ्नो सिनेमामा नयाँ कलाकार भएपनि उनीहरुले उत्कृष्ट काम गरेको उनको भनाई छ ।

सिनेमामा रुप र आरोहीका अलवा रश्मी भट्ट, विशाल पहाडी, भिमा मैनाली लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । गीत गजलमा कथा,पटकथा तथा संवाद अस्मीत पोखरेल, मुख्य सहायक निर्देशक सुदीप कुँवर, बाबु श्रेष्ठको छायाँकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ ।

Published On: Time : 12:25:25  50पटक हेरिएको

तपाईको प्रतिक्रिया