चलचित्र ‘प्रसाद’को भव्य प्रिमियर, चलचित्रकर्मीले दिए यस्तो प्रतिक्रिया,

गीत संगीत तथा कथा वस्तुका कारण प्रर्दशन अघि नै चर्चामा रहेको चलचित्र ‘प्रसाद’को गत वुधबार भव्य प्रिमियर आयोजना गरिएको छ । मंसिर २१ गतेबाट रिलिज हुने चलचित्रको काठमाण्डौको बीग मुभिजमा भएको प्रिमियरमा थुर्पै चलचित्रकर्मी र पत्रकारको उपस्थिती थियो ।

दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र हेरेपछि अधिकांशले यसको कथावस्तु, प्रस्तुतिलाई रुचाए । नायक भूवन केसीले चलचित्रलाई उत्कृष्ट भने । यस्तै, चलचित्र हेर्न पुगेका हाँस्य कलाकार दिपकराज गिरीले फरक कथामा नेपाली मौलिकपन बोकेको चलचित्र बनेको बताए ।

चलचित्रमा कमेडी बिषय हाबी भैरहेको समयमा दर्शकले फरक बिषयसँग साक्षात्कार गर्ने मौका यो चलचित्रबाट पाएका छन् ।सुशिल पौडेलको कथामा तयार भएको चलचित्रमा निःसन्तान दम्पत्ती, उनीहरुको जीवनमा छाएको खुशी र आइपरेको अप्ठ्यारोलाई समावेश गरिएको छ । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत चलचित्रको केन्द्रविन्दुमा छन् ।

राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा नायक विपिन कार्कीको अभिनय उत्कृष्ट छ । नायिका नम्रता श्रेष्ठले पनि अभिनयबाट कथामा जीवन्तता दिएकी छिन् । निश्चल बस्नेतको भूमिका चलचित्रमा महत्वपूर्ण छ ।

नेपाली मौलिकपना बोकेको कथामा चलचित्र हेर्न चाहने दर्शकका लागि ‘प्रसाद’ एउटा मिठो उपहार हो ।

Published On: Time : 13:18:14  69पटक हेरिएको

तपाईको प्रतिक्रिया