अभिनयसंगै भिडियो निर्देशनमा पनि सक्रिय गजेन्द्र पृथक (भिडियो सहित)

उदयमान गायक चन्द्र शेखर खरेलको गीत ‘त्यहि नाता तोडेउ’को म्युजिक भिडिओ सार्बजनिक भएको छ । भिडिओलाइ पाथिभरा अनलाइन टिभी मार्फत सार्वजनिक गरिएको छ । गीतमा गजेन्द्र पृथक, युनिषा कट्टेल, सन्दिप राजवंसी, र दिवश संग्रौलाको अभिनय रहेको छ ।

पछिल्लो समय नेपाली संगीत क्षेत्रमा धेरैको क्रेज बढ्दो छ । अनि यस क्षेत्रमा प्रवेश गर्नेको जमात पनि अत्यधिक भइरहेको बेलामा बितग लामो समय देखि संगीत प्रशिक्षण लिएर संगीत क्षेत्रमा अघि बढ्न खोज्दै गरेका गायक खरेलको यो पहिलो गीत हो । सरगम स्टुडियो बिर्तामोडमा रेकर्ड गरिएको यस गीतमा हरि प्रसाद चुडालको शब्द तथा संगीत रहेको छ ।

धुर्व आचार्यको अरेन्ज रहेको यस गीतको भिडिओलाई पाथिभरा सिने प्रा.लि. ले निर्माण गरेको हो । सार्वजनिक उक्त भिडिओलाई गजेन्द्र पृथकले निर्देशन गरेका हुन् । विगत १५ वर्ष देखि निरन्तर नाटक क्षेत्रमा क्रियासिल रहदै आएका पृथक क्षितिज नाट्य समुहमा आवद्ध रहेर कहिले सडक नाटक त कहिले थ्रिएटर नाटकमा आफ्नो कलाकारिता प्रस्तुत गर्दै आएका छन् । केहि समय अघि देखि भने उनि भिडिओ निर्देशनमा पनि सक्रिय हुदै आएका छन् । पृथकद्वारा निर्देशित केहि म्युजिक भिडिओ र सट मुभीहरु यस अघि नै सार्वजनिक भैसकेका छन् ।

Published On: Time : 10:25:45  167पटक हेरिएको

तपाईको प्रतिक्रिया