डेब्यु फिल्म ‘रणवीर’बाट सुवेक्षा निकै आशावादी

मिस नेपालमा सेकेन्ड रनरअप भएकी सुवेक्षा खड्काले चलचित्रमा डेब्यु गरेकी छन् । सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल जितेकी उनले फिल्म ‘रणवीर’ बाट डेब्यु गरेकी हुन् । चलचित्र माघ १८ गतेबाट प्रदर्शनमा आउँदैछ ।

सुबेक्षालाई यसअघि केही फिल्मको अफर आएका थिए । उनी भन्छिन् “आफूले सोचेजस्ता फिल्म कुनै भेटिनँ । ‘रणवीर’ को कथा सुनेपछि यो छाड्नुहुन्न भन्ने लाग्यो र गरेँ।” उनले फिल्ममा आउनु अगाडि आफू समक्ष हुन पूर्वतयारी पनि गरेको बताइन् । “फिल्म सोचे जस्तै बनेको छ । मैले आफ्नो तर्फबाट बेस्ट दिन कुनै कसर बाँकी राखेको छैन्” उनी थप्छिन् । उनी यस फिल्मबाट निकै आशावादी छिन् ।

‘रणवीर’ मा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा प्रशान्त ताम्राकार, सुशील सिटौला पनि लिड रोलमा छन् । एक्सन जनराको फिल्मलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । फिल्मको ‘तिरिमिरी तिरिमिरी’ गीत अहिले चर्चामा छ ।

Published On: Time : 13:20:01  39पटक हेरिएको

तपाईको प्रतिक्रिया