स्वस्तिमाले स्वस्तिमाकै इन्टरभ्यु लिदै

चलचित्रको सफलताको लागि धरै कुराहरुले असर गर्ने गर्दछन । कथा बस्तु र प्रस्तुतिको आधारले चलचित्र राम्रो भए पनि प्रभाबकारी प्रचार प्रसार नभएको खण्डमा चलचित्रले तय गरेको सफलतालाई भेट्न मुस्किलै पर्छ । नेपाली चलचित्रको प्रचार प्रसार जति प्रभाबकारी हुनु पर्ने हो त्यति अझै भईनसकेको अवस्था छ । तर फागुन ३ रिलिज हुने चलचित्र ‘बुलबुलु’ले भने यस पक्षलाइ बिशेस ध्यान दिएको छ ।

चलचित्र ‘बुलबुल’को निर्माणपक्षले प्रचारको नयाँ तरिका अपनाएको छ । जसले चलचित्रको प्रचारमा फाइदा मिलेको छ । गीत सार्वजनिक गर्दा होस् या टिजरमा नयाँ प्रयोग गरेर होस्, दर्शकसम्म पुग्नका लागि नयाँ तरिका अपनाइएको छ । यहीक्रममा, चलचित्रमा टेम्पो चालकको रुपमा रहेकी नायिका स्वस्तिमा खड्काले आफूसँग आफ्नै इन्टरभ्यू लिएकी छिन् ।

स्वस्तिमाले चलचित्रमा ‘रनकला’ बनेकी स्वस्तिमाको इन्टरभ्यू गरेकी छिन् । निर्देशक विनोद पौडेलले स्वस्तिमाले चलचित्रमा निर्वाहा गरेको भूमिकालाई दर्शकमाझ परिचित गराउनका लागि यो शैली अपनाएको बताए । सार्वजनिक २ टिजरमा ‘चोपेन्द्र’ पात्रलाई स्थापित गराउन सफल भएको भन्दै उनले अब ‘रनकला’लाई स्थापित गराउन यो तरिका अपनाएको बताए ।

Published On: Time : 12:53:55  63पटक हेरिएको

तपाईको प्रतिक्रिया