अमेरिकामा निता ढुुगांनालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

अमेरिकामा हालै सम्पन्न भएका ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा अभिनेत्री निता ढुुगांनाले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छिन् ।चलचित्र ‘पंचायत ‘बाट अवार्ड समारोहमा निताले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी हुन् । निताले यो वर्ष ‘डिसिने अवार्ड’, ‘एलजी सिने सर्कल अवार्ड’ र अहिले आएर ‘ग्लोबल नेपाली फिल्म अवार्ड’सँगै एक अन्तराष्ट्रिय अवार्ड गरि चार अवार्ड हात पारिसकेकी छन् ।

चलचित्र पंचायतलाई शिवम अधिकारीले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा सरोज खनाल र नीता ढुंगानाको मुख्य भूमिका रहेको थियो । चलचित्रलाई संचारकर्मी रबि अधिकारी ,गणेश गिरि ,शंकर सुबेदी र सुसान्त श्रेष्ठले मिलेर निर्माण गरेका हुन् ।

अहिले निता ढुगांनाले भोजपुरी सिनेमा ‘शेर ए हिन्दुस्तान’ र नेपाली सिनेमा ‘साइनो’, ‘दि कर्मा’मा काम गरेकी छन् । भने ‘बकम्फुसे राजा’ छायांकनको तयारीमा रहेको छ । यसका अलवा निताले थुप्रै म्युजिक भिडियोमा समेत काम गरेकी छन् ।

Published On: Time : 13:40:21  35पटक हेरिएको

तपाईको प्रतिक्रिया