‘समर लभ’ को अफिसियल ट्रेलर सार्वजनिक

 

चलचित्र ‘समर लभ’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । युवा लेखक सुविन भट्टराईद्वारा लिखित चर्चित नोवेल ‘समर लभ’ मा आधारित फिल्म ‘समर लभ’ को ट्रेलर सोमवार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी राखेर निर्माण टिमले सार्वजनिक गरेको हो।

ट्रेलरमा पुस्तकका केही हृदयस्पर्शी र रमाइला संवादहरुलाई विशेष प्राथमिकता दिइएको छ । साया (रेवती क्षेत्री) र अतित (आशिष पिया) बीचको ‘लभ जर्नी’ मा ठोकिन पुग्ने सुस्मिता उर्फ नम्रता सापकोटाले पनि ट्रेलरमा पर्याप्य स्क्रिन स्पेस पाएकी छन् । फिल्ममा लेखकको भूमिकामा सुरजसिंह ठकुरी छन् । निर्देशक मुस्कान ढकालले यो फिल्म निर्देशन गरेका हुन् ।

शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिक, मानसविक्रम थापालगायतका कलाकारहरुको अभिनय रहेको फिल्म उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको निर्देशक ढकाल बताउँछन् । उनी भन्छन्, “पुस्तक सर्वाधिक रुचाइएको कारण फिल्म राम्रो बनाउन हामीलाई ठूलो दबाव थियो । हामीले हाम्रो तर्फबाट गर्न सक्ने सबै प्रयास गरेका छौं ।”

Published On: Time : 13:21:54  28पटक हेरिएको

तपाईको प्रतिक्रिया