चलचित्र ‘हृदय भरी’ मा पल शाह र श्रद्धा क्षेत्री

निर्देशक सुरज सुब्बा ‘नाल्बो’को लेखन तथा निर्देशनमा चलचित्र ‘हृदय भरी’ निर्माण हुने भएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको निर्माण धोषणा गरिएको हो । लभ स्टोरी कथामा बन्न लागेको चलचित्रमा नायक पल शाह , निर शाह , सुनिल थापा , आकाश बाबु , अनुराग कुँवर , निर्मल शर्मा , सलोन बस्नेत , रेखा लिम्बु , कविता रेग्मी , अभिदिथ खाती , बिके श्रेष्ठ , दिपक गजमेर , प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ , आयुषमान घिमिरे, सुमन श्री लगायतको अभिनय रहनेछ । यो चलचित्रको माध्यमबाट नव–नायिका श्रद्धा क्षेत्री यो क्षेत्रमा प्रबेश गर्दैछिन ।

यो चलचित्रलाई एन फिल्मस् एण्ड क्रिएशन , शाह प्रोडक्सन प्रा।लि र दिपिन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपिन्द्र राईले निर्माण गर्दैछन् । त्रिकोणात्मक प्रेमकथामा यो चलचित्र निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता चन्दन शाह हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत , कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी , केदार भुषालको लेखन , बिपिन मल्लको सम्पादन रहनेछ । चलचित्रको छायांकन फागूणबाट सुरु गरिने बताइएको छ ।

कार्यक्रममा बोल्दै नायक पल शाहले कथावस्तु राम्रो लागेर आफू काम गर्न लागेको बताए । उनले चलचित्रको टिम राम्रो भएको भन्दै दर्शकले खोजेअनुसारको चलचित्र दिन तयार भएको सुनाए । नव–नायिका श्रद्धा क्षेत्रीले आफूलाई सानैदेखि चलचित्रमा अभिनय गर्ने रहर भएकाले यो क्षेत्रमा आउने तयारी गरेको बताइन् । मलाई चलचित्रको टिम, नायक पल शाह भएपछि यो चलचित्रमा काम गर्न मन लागेको हो । निर्देशक सुरज सुब्बाले यो चलचित्रले अहिलेको यूवापुस्ताको कथालाई उठान गर्ने बताए । आफूहरुलाई चकलेटी हिरो र नयाँ हिरोइन चाहिएकाले पल र श्रद्धालाई लिएको उनको भनाई छ ।

Published On: Time : 15:22:40  56पटक हेरिएको

तपाईको प्रतिक्रिया