नायिका क्रिस्टिन पौडेललाई फकाउँदै ज्योतिषी हरिहर अधिकारी पोखरामा

चत्रै १५ गतेबाट प्रदर्शन हुने चलचित्र ‘शुभ लभ’को एक गीतको छायांकन यति बेला सुन्दर नगरी पोखरामा भैरहेको छ । दुई गीतको छायांकन देखि बाहेक चलचित्रको सम्पुर्ण छायांकन सकिएको छ । त्यही मध्ये एक गीत ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’को छायांकन अहिले चलिरहेको छ ।

चलचित्र ‘शुभ लभ’मा युवा ज्योतिषी हरिहर अधिकारीले डेब्यु गर्दैछन् । गीतमा हरिहरलाई नवअभिनेत्री क्रिस्टिन पौडेललाई फकाउँदै गरेको देखिनेछ । छायांकन भइरहेको गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ, भने निशान भट्टराईले गीतमा स्वर दिएका छन् । उक्त गीतमा हरिहर अधिकारी र क्रिस्टिन पौडेललाई कोरियोग्राफर रामजी लामिछानेले नचाइरहेका छन् ।

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्त प्रदीप कुमार उदय हुन् । सिनेमामा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ ।‘शुभलभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेलको अलवा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । भने निर्माता तथा हल सञ्चालक प्रदीप कुमार उदय ‘शुभलभ’मा अतिथी कलाकारको रुपमा देखिनेछन् ।

सिनेमामा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कोरियोग्राफी रामजी लामिछाने, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

Published On: Time : 12:27:43  93पटक हेरिएको

तपाईको प्रतिक्रिया