झक्कड थापाको अभिनय सहितको पहिलो म्युजिक भिडियो सार्वजनिक( हेर्नुहोस भिडियो )

नेपाल आइडल पछि चर्चामा आएका झक्कड थापाको अभिनय सहितको पहिलो गीत सार्वजनिक भएको छ । उनको ‘नाचन्या हो गाउन्या हो’भन्ने गीत बजारमा आएको हो ।

गायक बन्ने ठूलो रहर लिएर नेपाल आइडलमा अडिशन दिन आएका झक्कड आइडलमा छनोट हुन त सकेनन् । तर उनको गायन शेैलीको कारण उनी लाखौं दर्शकहरुको खोजीमा पर्न सफल भएका थिए । उनले यो भन्दा अघि एउटा गित गायका थिए गित निकै राम्रो थियो । तर भिडियो बन्न सकेको थिएन । पारीवारिक स्थिती नाजुक भएका झक्कड थापाको’नाचन्या हो गाउन्य हो’ भन्ने यस गितमा उनकै जीवनका दुख र पिडालाई देखाइएको छ । झक्कड यस गीतबाट उदाउन चाहान्छन ।

फलानो फिल्मसको प्रस्तुतिमा झक्कड थापाको सुमधुर आवाज र बहुप्रतिभाका धनी गोबिन्द मधुर आचर्य र भुपेन्द्र बुढाथोकिको उत्कृष्ट शब्द सिर्जना छ । भिडियोमा सन्देश शाह को निर्देशन र सम्पादन रहेको छ । रोशन भाट को छायांकन मा झक्कड थापा , सिता राइ ,सागर कान्छो , जीवन बुढाथोकी र प्रेम राजको उत्कृष्ट अभिनयमा बनेको उक्त गित फलानो फिल्मस कै आधिकारिक युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।

Published On: Time : 11:55:36  18पटक हेरिएको

तपाईको प्रतिक्रिया