चलचित्र ‘अनागत’मा सस्पेन्स–थ्रिलर

चलचित्र ‘अनागत’ माघ ११ गतेबाट रिलिज हुँदैछ । छायांकन भएको करिब ३ बर्षपछि यो चलचित्र हलमा रिलिज हुन लागेको हो ।

चलचित्रमा नायिका प्रियंका कार्की र नायक अर्पण थापा श्रीमान्–श्रीमतिको भूमिकामा देखिएका छन् । साथमा, चलचित्रमा प्रविण खतिवडा, रोसिन सुवेदी लगायतको अभिनय छ । शंकाका कारण एउटा परिवारमा उत्पन्न हुने झगडाको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्रलाई सस्पेन्स–थ्रीलर कथामा तयार पारिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

चलचित्रमा सिसन बानियाँको छायांकन, चन्द्र कुमार झाको कथा, प्रवचन श्रेष्ठ र साम्तेन भुटियाको पटकथा छ । चलचित्रका मुख्य कलाकार अर्पण थापाका अनुसार एउटा सन्तुलित आर्टिस्ट असन्तुलित भएपछि उब्जिने अवस्थालाई चलचित्रमा चित्रण गरिएको छ। चलचित्रमा नायिका प्रियंका कार्कीलाई भने दर्शकले गृहिणीको भूमिकामा देख्न पाउने छन्। चलचत्रलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् ।

Published On: Time : 17:01:30  17पटक हेरिएको

तपाईको प्रतिक्रिया