बिपुल क्षेत्री बिर्तामोड आउँदै

यूवा ढुकढुकी गायक बिपुल क्षेत्री आगामी माघ १२ गते शनिबारका दिन बिर्तामोड आउने भएका छन् । सिन्डिकेट, जुनकिरि, असार, देउराली डाँडा जस्ता गित गाएर दर्शकश्रोताको मनमस्तिष्कमा बस्न सफल गायक क्षेत्री आफनो ब्याण्ड सहित बिर्तामोड आउन लागेको हुन् । आयोजकतर्फ पूर्वाञ्चल रक्सले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी पहिलो चरणको तयारी पूरा भएको बताएको छ ।

अहिलेको साँगितिक बजारमा एउटा छुट्टै छाप छोड्न सफल बिपुल क्षेत्रीको कन्र्सटमा ५००० हाराहारी दर्शकको अपेक्षा राखेको इभेन्ट कोअर्डिनेटर रोहन लिम्बुले बताए । बिर्तामोडको टावर टेम्पलमा ५ बजे पछाडि सुरु हुने यस बृहत कन्र्सटको स्टेज , साउण्ड लगायत विभिन्न पाटोमा अत्याधुनिक प्रविधि प्रयोग गरिने भएकाले अन्य कन्र्सटभन्दा फरक ढाँचाको हुने आयोजकतर्फ कार्यक्रमका सह संयोजक रवि श्रेष्ठले जानकारी दिए ।

विपुल क्षेत्रीले एउटैमात्र नभई लोक लय अनि अन्य लयमा पनि गित गाउँदै सबै उमेरसमूहका दर्शकलाई आकर्षित गरेकाले यिनको लोकप्रियता अहिले झन् बढ्दै गएको हो । सशक्त कलाकार र पछिल्लो समय सर्वाधिक लोकप्रिय भएकाले विपुल श्रेत्रीले बिर्तामोडको माहोल तताउने सम्भावना प्रवल रहेको मिडिया कोअर्डिनेटर दिपेन भेट्वालले जानकारी दिएका छन् ।

 

Published On: Time : 14:36:37  118पटक हेरिएको

तपाईको प्रतिक्रिया