जीवन शाहीको निर्देशन र रामकृष्ण ढकालको स्वरमा ‘स्वर्ग खोज्दा'[भिडियो ]

पछिल्लो समय म्युजिक भिडियोको निर्देशनमा ब्यस्त रहेका निर्देशक जीवन शाहीको निर्देशन र नेपाली सुगम संगीतका लोकप्रिय एबम
चर्चित गायक रामकृष्ण ढकालको आवाजमा रहेको राष्ट्रिय गीत ‘स्वर्ग खोज्दा’ सार्वजनिक भएको छ । गीतमा इन्द्र नारायण चोंगबांङको शब्द तथा संगीत रहेको छ भने राजु कार्कीको संगीत संयोजन रहेको छ ।
भिडियोमा गायक ढकाल, निर्देशक शाही र नायिका नग्मा श्रेष्ठको अभिनय रहेको छ । उत्सव दाहालले खिचेको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन् । गीतको भिडियोमा नेपालका चर्चित सुन्दर सुन्दर ठाउमा छायांकन गरिएको दृश्यहरु समाबेश गरिएको छ ।

Published On: Time : 13:22:19  48पटक हेरिएको

तपाईको प्रतिक्रिया