तेहथुमका मृगौला पिडित नर प्रसाद पाहिमलाई विभिन्न व्यक्तित्वहरुबाट नगद सहयोग

बिगत ३ बर्ष देखि मृगौला पिडित तेहथुम खाम्लालुका नर प्रसाद पाहिमलाई नगद सहयोग हस्तान्तरण गरिएको छ । गत शनिबार उहाकै निवास पुगेर हङकङ, कतार ,इजराइल ,अस्ट्रेलिया ,युके लगायत विभिन्न देशहरुका ‘पाहिम समाज’ र अन्य व्यक्तित्वहरुबाट प्राप्त करिब ८ लाख रुपैया उहालाई दिइएको हो । मृगौला पिडित नर प्रसादलाइ सहयोग प्रदान गर्न बिशेष गरी सन्चारकर्मी विश्व लिम्बुले बिशेष भूमिका निर्वाह गर्नु भएको थियो ।डाक्टरको अनुसार नर प्रसाद पाहिमलाई छिट्टै नै मृगौला प्रत्यारोपरण गर्नु पर्ने भएकाले उहालाई उपचारको लागी लाग्ने करिब २० लाख मध्ये यस अघि करिब ६ लाख सहयोग प्राप्त भैसकेको छ भने शनिबार ८ लाख सहयोग गरिएको छ रकम प्राप्ती संगै परिवारले उहाको उपचार भैरहेको टिचिङ हस्पिटलमा मृगौला प्रत्यारोपरणको लागि तयारी गरेको छ उहालाई मिले सम्म उहाकै धर्मपत्नीले मृगौला दान गर्दै हुनुहुन्छ भने उहाको परिवारले सहयोग गर्नु हुने सम्पुर्ण महानुभाबहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

Gepostet von Biswa Limbu Samyangkham am Samstag, 19. Januar 2019

Published On: Time : 14:29:03  75पटक हेरिएको

तपाईको प्रतिक्रिया