चर्चित ब्याण्ड मंगोलियन हर्टका राजु लामाको “सैलुङ पोङ्दी”को म्युजिक भिडियो सार्वजनिक

नेपालको चर्चित सांगीतिक समुह ‘मंगोलियन हर्ट’का गायक राजु लामाको नयाँ गीत “सैलुङ पोङ्दी” को म्युजिक भिडियो सार्वजनिक भएको छ। हस्त लामा ‘हार्दिक’को शब्द र बिशाल कल्तन संगीत रहेको गीतको म्युजिकमा राजु लामा आफैले अभिनय गरेका छन भने उनलाई मिना तामाङले साथ दिएकी छिन । छेवाङ लामाको निर्देशनमा बनेको “सैलुङ पोङ्दी”को म्युजिक भिडियोमा दाजु भाई कम्पनीको छायाँकन र बिजेश पौडेलको सम्पादन रहेको छ भिडियोलाई कर्मा धुन्डुप योन्जनले निर्माण गरेका हुन ।
‘मंगोलियन हर्ट’ अहिले आफ्नो २५ बर्षको रजत जयन्ती मनाउन स्वदेश तथा बिदेशमा आफ्नो प्रस्तुतिमा ब्यस्त रहेको र रजत जयन्ती को अवसरमा २५ ठाउमा गरिने सांगीतिक कन्सर्ट मध्य अहिले सम्म १२ वटा सकिसकेको र बाँकि १३ वटा प्रस्तुतिहरु छिट्टैनै तय गरिने मेनेजर बबि लामाले जानकारी दिनुभयो
भिडियो हेर्न तलको लिंक हेर्नुहोला ।

 

Published On: Time : 9:37:55  24पटक हेरिएको

तपाईको प्रतिक्रिया