बाहिरियो कान्तिपुरकी समाचार वाचिका पाण्डे र प्रहरी इन्स्पेक्टर श्रेष्ठको ”भुर्र भुर्र” [भिडियो]

आज भ्यालेन्टाइन डे संसारभर आजको दिनलाई नै आधार मानेर पछिल्लो समय संसारभर धेरै साहित्य र संगीतको सिर्जना हुने गरेको छ ।प्रणय दिवसको अवसरमा नेपालमा पनि धेरै गीतहरु सार्वजनिक भए यी गीतहरु मध्यको एक हो “यो मन उड्यो चरा बनी आकाशमा भुर्र भुर्र भुर्र भुर्र बतासमा’
सशस्त्र प्रहरी बलका महानिरीक्षक एवम गीतकार शैलेन्द्र खनाल ‘शरद’को शब्द र संगीतकार गैरे सुरेशको कर्ण प्रिय संगीतमा रहेको गीतको म्युजिक भिडियो भ्यालेन्टाइन डे को पुर्व सन्ध्यामा सार्वजनिक गरिएको छ। शानिन्ध्य खनाल र स्मिता दाहालको सुमधुर स्वरमा रहेको गीत ”भुर्र भुर्र”मा कोविद बज्रको संगीत संयोजन रहेको छ।
यो गीतमा अन्य नेपाली लभ सङ्समा बिल्कुलै फरक शैलीको प्रस्तुति गरिएको छ । युवराज वाइबाको निर्देशनमा बनेको ”भुर्र भुर्र’को म्युजिक भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठको अभिनय रहेको छ ।
मोडेल श्री पाण्डे कान्तिपुर टेलिभिजनकी समाचार वाचिका हुन भने जितेन श्रेष्ठ नेपाल प्रहरीका इन्स्पेक्टर हुन। उत्सव दाहालको सिनेमटोग्राफी र बिकाश दाहालको सम्पादन रहेको भिडियोलाई ओ एस आर डिजिटलको यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गायक शानिन्ध्य खनाल सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालका पुत्र हुन् भने गायिका स्मिता नेपाल कम्युनिष्ट पार्टी {ने क पा}का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी हुन।

Published On: Time : 9:54:10  1596पटक हेरिएको

तपाईको प्रतिक्रिया