निर्मला पन्तको वास्तविक घटनामा आधारित चलचित्र “निर्मला” सार्वजनिक

बलात्कार पछि हत्या गरिएकी कंचनपुरकि बालिका निर्मला पन्तको वास्तविक घटनामा आधारित रहेर बनाइएको चलचित्र “निर्मला” सार्वजनिक भएको छ । चलचित्र “निर्मला” लाई  नेपाल मानवाधिकार संगठनको प्रतिवेदनको आधारमा तयार पारिएको हो ।

निर्मलाको बलात्कार पछि हत्या भएको यति समय बिति सक्दा पनि अझै अपराधी पत्ता लागि नसकेकोले चाडै अस्लि दोषी पत्ता लगाई कडा भन्दा कडा कारबाही होस् भनेर दबाब दिनको लागि चलचित्र निर्माण भएको हो । सेल्फी टिभी एचडीको प्रस्तुतिमा बनेको उक्त चलचित्रलाई सेल्फी टिभी एचडी युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

चलचित्रमा निर्मलाको भूमिकामा अलिशा प्रसाईंले अभिनय गरेकी छिन भने अन्य कलाकारहरुमा रोहन सेन्चुरी, तुलशी मिश्र,रेखा पौडल, माधव कल्पित, किशोर खतिवडा, सबिता रेग्मी, सबिन राम्दम, बियल राई, गजेन्द्र पृथक, सुनिता लेप्चा,आशिस पौडल,हेन्जिला लावती, राजु खरेल, सुजना खतिवडा लगायत रहेका छन् ।

एन बि अन्जानको लेखन तथा निर्देशन रहेको चलचित्रमा कुमार प्रसाद ओझा कार्यकारी निर्माता रहेका छन् भने देवका सेन्चुरी र डम्बर बहादुर सेन्चुरी निर्माताको रुपमा रहेका छन् । अनिश छेत्री र हेमन्त मैनालीको छायांकन रहेको यस चलचित्रलाई नहकुल खड्काले सम्पादन गरेका हुन् ।

Published On: Time : 17:10:10  14पटक हेरिएको

तपाईको प्रतिक्रिया