चलचित्र ‘द म्यान फ्रम काठमाडौं’ ले कस्तो व्यापार गर्ला त?

शुक्रवारबाट तीन फिल्म ‘जानी नजानी’, ‘पुरानो बुलेटु’ र ‘द म्यान फ्रम काठमाडौं’ प्रदर्शनमा आउँदैछन् । यी तीन फिल्ममध्ये नेपालीदेखि बलिउडसम्मका नामी कलाकारहरुको अभिनय रहेको फिल्म ‘द म्यान फ्रम काठमाडौं’ बजेटको हिसाबले ठूलो फिल्म हो । यसमा ५ करोडमाथिको लगानी छ । खासगरि अन्तर्राष्ट्रिय बजारका लागि बनाइएको यो फिल्म नेपाली र अंग्रेजी भाषामा निर्माण भएको छ। एक्सन जनराको यो चलचित्र एक घण्टा ४५ मिनेटको छ । पेमा डोन्लुपले निर्देशन गरेको चलचित्रमा गुल्सन ग्रोबर, हमिद शेख, आना शर्मा लगायतले अभिनय गरेका छन् ।

नेपालकै ठूलो र स्तरीय मल्टिप्लेक्स च्यानल क्यूएफएक्स सिनेमाजले अन्य दुई फिल्मको तुलनामा ‘द म्यान फ्रम काठमाडौं’ लाई पाँच गुना बढी शो प्रदान गरेको छ । एफएक्सको अहिलेसम्मको तालिका हेर्दा ‘द म्यान फ्रम काठमाडौं’ले जम्माजम्मी २० शो पाएको छ । क्यूएफएक्सले दर्शकमाझ प्रतिक्षीत नेपाली, हलिउड र बलिउड फिल्मलाई मात्र यो संख्यामा सोज बाँड्ने गरेको रेकर्ड छ ।

तर, ‘द म्यान फ्रम काठमाडौं’ शुक्रवारबाट रिलिज हुँदैछ भन्ने सायद अत्यन्त कम दर्शकलाई थाहा छ । किनकि, फिल्मको प्रचार अत्यन्त कमजोर छ । राम्रो जानकारी हुनेहरुलाई पनि फिल्मप्रति खासै चासो भएको देखिन्न । तर, यो फिल्म क्यूएफएक्सका मालिक नकिम उद्यिमले बनाएका हुन् । त्यसकारण पनि क्यूएफएक्सले उच्च सोज दिएको हुनसक्छ । क्यूएफएक्सले आफ्नो फिल्मलाई २० सोज बाँड्दा शुक्रवार एकसाथ प्रदर्शनमा आउन तयार रहेका अन्य दुई फिल्म ुपुरानो बुलेटु लाई ५ र ुजानी नजानीु लाई २ सोज बाँडेको छ ।

Published On: Time : 17:49:10  18पटक हेरिएको

तपाईको प्रतिक्रिया