नाई मलाई थाहा छैन” गायिका टीकाको तिज गीत ‘म त नाच्ने हो’

नेपाली नारीहरुको माहान चाड तिज नजिकिँदै गर्दा तिज गीतहरू पनि सार्वजनिक हुनेक्रम बढेको छ । यसै क्रममा गायिका टीका प्रसाईंको तिज गीत ’म त नाच्ने हो’ सार्वजनिक भएको छ । गायिका प्रसाईंको हालै सार्वजनिक ’माया लुकि लुकि’ बोलको गीतले युटुुबमा नेपाली गीतसङीतको अहिलेसम्म कै छोटो समयमा (३३ दिन) दर्शक पाउन सफल भइसकेको छ । उनै गायिका प्रसाईंको ’माया लुकी लुकी’ पछिको अर्को रिलिज ’म त नाच्ने हो’ तिज गीत हो । यस गीतको शब्द गायिका टीका प्रसाईं र अमृता नेपालले संयुक्त रुपमा लेखेका छन् भने लय टीका प्रसाईं कै रहेको छ । गीतमा संगीत संयोजन आदेश गुर्मछानले गरेका हुन् ।गायिका टीका प्रसाईंको यस अघि ’नाइँ मलाई थाहा छ...

सन्तोष श्रेष्ठ र र प्रेम प्रसाद राजभण्डारीको संयुक्त गीतिसंग्रह ‘फूल झैं जीवन’ सार्वजनिक

गीतकार प्रेम प्रसाद राजभण्डारी र संगीतकार सन्तोष श्रेष्ठको संयुक्त गीतिसंग्रह ‘फूल झैं जीवन’ सार्वजनिक भएको छ । वरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा उक्त एल्बम सार्वजनिक भएको हो । कार्यक्रममा गजलकार डा.नेत्र एटम, गीतकार नेपालका महासचिव शुभ मुकारुङ, प्राज्ञ ज्योतिप्रकाश, सांसद सुजिता शाक्य, सांसद विष्णु शर्मा लगायतले ‘फूल झैं जीवन’ लाई सार्वजनिक गरिएको हो । कार्यक्रमलाई स्वागत गर्दै संगीतकार सन्तोष श्रेष्ठले प्रेमप्रसादसँगको पछिल्लो सहकार्यले ‘फूल झैं जीवन’ निर्माण हुन सफल भएको बताए । गीतकार राजभण्डारी प्रवास बसे पनि गीतसंगीत भने नेपालकै माटोसँग मिलेको बताउँदै श्रेष्ठले उनका सिर्जन...

यु ट्युबबाट चर्चित बन्दै निशाको पहिलो अफिसियल गीत ”संधै लाइ”

धेरै नेपाली एबम हिन्दी गीत हरुको कभर गीतबाट चर्चित बनेकी गायिका निशा कंडेलको स्वरमा रहेको गीत ‘सधैँ लाइ’ को अफिसियल भिडियो सार्बजनिक भए लगत्तै यु ट्युबबाट चर्चित बन्दै गएको छ । लामो समय संगीत सिकेर गीत रेकर्ड गरेकी निशाको यो पहिलो अफिसियल गीत र भिडियो हो । अमन प्रधानको शब्द तथा संगीतमा बनेको भिडियो उत्कृस्ट बनेको छ । राहुल प्रधानको संगीत संयोजन रहेको गीतमा गायिका कंडेलको स्वर सुहाएको छ । गीतले मायामा परेको र आफ्नो प्रेमी प्रति संधै समर्पित भाव बोकेको छ। चक्र महर्जनले छायांकन गरेको भिडियोलाइ बिजेश पौडेलले सम्पादन गरेका छन् । भिडियोमा गायिका स्वयम् र अमन प्रधानको अभिनय रहेको छ । राहुल प...

विर्तामोडमा ‘लिटल च्याम्प २०१८’

झापाको विर्तामोडमा ‘लिटल च्याम्प २०१८’ हुने भएको छ । विर्तामोड नगरपालिका भित्र रहेका विभिन्न बोर्डीङ्ग तथा सरकारी विद्यालयमा अद्ययनरत कक्षा ५ देखी १० कक्षा सम्मका प्रतिभावान विद्यार्थीहरुलाई समेट्ने उदेश्यका साथ ‘लिटल च्याम्प’ प्रतियोगीताको आयोजना गरीएको कारीयोग्राफर वर्षा शिवाकोटीले बताईन् । मेरो लुक्स इन्टरटेन्मेण्टको व्यानरमा आयोजना गरीएको यस प्रतियोगीतामा सहभागीहरुलाई १ महिना बन्द शत्रमा राखेर विभिन्न प्रकारका तालिमहरु प्रदान गरीने प्रतियोगीता संयोजक संजिव मैनालीले जानकारी दिए ।यस एक महिनाको तालिमबाट विद्यार्थीहरुमा धेरै निखारपन आउने उनको भनाई छ । ‘लिटल च्याम्प २०१८’को पहिलो अडिसन असार ...

कुशलको निर्देशन र धिरेन शाक्यको अभिनयमा ‘जता हेर्छु केवल तिमी’ लण्डनबाट सार्बजनिक

नेपाली चलचित्रका एक जमानाका लोकप्रिय अभिनेता धिरेन शाक्य पनि म्युजिक भिडियोमा देखिएका छन् । लण्डनमा छायाँकन गरिएको सोनी कार्कीको शब्द, प्रमोद प्रसाईं र सोनीको स्वर एवम् रिदम कँडेलको संगीत रहेको प्रेम गीत ‘जता हेर्छु केवल तिमी’ बोलको गीतको भिडियोमा उनको अभिनय देख्न सकिन्छ । शाक्यलाई भिडियो अभिनयमा इनास ग्लोबलकी वरिष्ठ उपाध्यक्ष कमला दाहालले साथ दिएकी छिन् । जर्मनी बस्ने कमलाले तामिल, नेपाली र हिन्दी केही सिनेमामा अभिनय गरेकी छिन् । सञ्चारकर्मी कुशल श्रेष्ठले निर्देशन, छायाँकन र सम्पादन गरेको भिडियोमा लन्डनको मुटु लन्डन टावर ब्रीज, ग्रीनबीच आदि क्षेत्र देख्न सकिन्छ । भिडियोको डिजाइनर अन्जली केस...

चलचित्र ”रमिता”को टिजर सार्वजानिक, १६ तारिखमा टोकियो विशेष प्रिमियर हुने

आगामी साता टोकियोमा विशेष प्रिमियर हुन लागेको नेपाली कथानक चलचित्र रमिताको टिजर सार्वजानिक गरिएको छ। जापानका युवा व्यवसायी ईश्वरीप्रसाद कँडेलको निमार्णमा तयार गरिएको चलचित्र रमिताले नेपाली युवाहरुको कथालाई समेटेको छ। चर्चित नायक दिलिप रायमाझी र नायिका रजनी केसीको विशेष भूमिका रहेको चलचित्रमा दिपासा विसी, रिना थापा मगरको साथ रहेको छ भने संदिप बुर्लाकोटी, विनोद श्रेष्ठ र सुरवीर पंडितले साथ दिएका छन। पोखरा, मुस्ताङ, बाग्लुङग, पर्वत र काठमाण्डौ लगायतका रमणिय स्थानमा छायाश्रकन गरिएको चलचित्रले दिलिप रायमाझीको नायकीलाई फेरी एकपटक पुनरागमन गर्ने अपेक्षा गरिएको छ। आगामी जुलाई १६ तारिक सोमबारका द...

फिल्म ‘प्रेमक बसात’को ट्रेलर रिलिज आइटम गीतमा नम्रता

मैथिली भाषाको सबैभन्दा महंगो चलचित्र ‘प्रेमक बसात’को आइतबार राजधानीमा एक कार्यक्रम ट्रेलर तथा गीत सार्वजनिक गरिएको छ । भारतको मुम्बईमा निर्माण भएको ‘प्रेमक बसात’ एउटा प्रेम कथामा आधारित चलचित्र हो । हिन्दु मुश्लिमले एक अर्कासँग विहे गर्दा आइपर्ने समाजिक समस्यामा आधारित चलचित्रमा नेपालका मोडल पियूष कर्णको मूख्य भूमिका रहेको छ भने सह कलाकारको रुपमा कल्कत्ताकी चर्चित नायिका रैना बेनर्जीले अभिनय गरेकी छिन् । भारतका चर्चित गायक आदित्य नारायण र तोचि रैनाले मैथिली चलचित्रको गीतमा पहिलोपटक आवाज भरेका छन् । वेदान्त झाले निर्माण गरेको चलचित्रको रुपक सरारले निर्देशन गरेका हुन् भने रुपक सरर लेखेको ...

कुटुम्ब ब्याण्ड र गायक पुष्पन प्रधानले गरे आमा बुवा ट्रस्टको लागी च्यारिटी शो

'आमा बुवा ट्रस्ट'द्वारा आयोजित सांगीतिक च्यारिटी शो 'मेलोडी फर रिमेडी' भव्यताका साथ सम्पन भएको छ। शनिबार लाजिम्पाट स्थित त्रिसरा रेस्टटुरेन्टमा आयोजित भब्य कार्यक्रममा नेपालकै चर्चित मेलोडी ब्याण्ड कुटुम्ब र गायक पुष्पन प्रधानले करिब ४ घण्टा दर्शकलाइ भरपुर मनोरन्जन प्रदान गरेका थिए । 'मेलोडी फर रिमेडी'को लागि नै करिब १ हप्ता अघि नेपाल आएका बाणी ब्याण्डका भोकलिस्ट एबम चर्चित गायक गायक पुष्पन प्रधानले आफ्ना चर्चित गीतहरु गाउदा दर्शक दिर्घाबाट भब्य तालीको गडगडाहट आएको थियो भने कुटुम्ब ब्याण्डको मेलोडी धुनहरुमा त्यतिकै मग्धमुग्न देखिन्थिए आमा बुवा ट्रस्टद्वारा पोखराको लामाचौरस्थित अपांगता स...

आँचल शर्मालाई पाउन निवेदन लेख्दै ‘गुणराज’

नेपाली चलचित्र एबम म्यूजिक भिडियोकी चर्चित नायिका आँचल शर्मा अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गुणराज श्रेष्ठको स्वर रहेको गीत ‘निवेदन’मा बि. पाण्डेका शब्द र सुवास भुषालले संगीत रहेको छ ।गीतमा उदयराज पौडेल एरेन्जर छ भने ।सार्वजनिक ‘निवेदन’ बोलको गीतको भिडियो त्यतिकै रमाईलो पनि बनाईएको छ । दुई व्यापारी युवाहरु 'गुणराज' र 'राजेश' नायिका आँचललाई देखेपछि उनलाई आफ्नो जीवनमा प्राप्त गर्न निवेदन बोकेर हिँडिरहेका देखिन्छन् । भिडियोमा कसैलाई प्रेम गर्नेको भावनासँग पैसाको खेल खेल्ने मानिस पनि हुन्छन् भन्ने संकेत दिईएको छ । आँचललाई मिलाईदिन्छु भन्दै निवेदन लेखिदिएर पैसा असुलेको रमाईलो दृश्य प...

रास्ट्रीय गीतहरुको एल्बम ‘नेपाली मन’ सार्वजनिक

नेपाली रास्ट्रीय गीतहरुको संग्रह ‘नेपाली मन’ एल्बम सार्वजनिक भएको छ । गीतकार कृष्णबहादुर थापा क्षेत्री, संगीतकार शक्ति बल्लभ र गायक सुमित खड्काको सोलो एल्बम ‘नेपाली मन’ आज सार्वजनिक भएको छ । वरिष्ठ गीतकार प्रेमध्वज प्रधान, वरिष्ठ कवि तथा गीतकार रत्नशमशेर थापा, वरिष्ठ गीतकार किरण खरेल, वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी, गजलकार डा.भोजराज पोखरेल, गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, साहित्यकार गंगा सुवेदी, सभासद खेम नेपाली लगायतले संयुक्त रुपमा ‘नेपाली मन’को सार्वजनिक गरेका थिए । कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै गीतकार कृष्णबहादुर थापा क्षेत्रीले गीति लेखनसँगै प्र...