साहरुख र अनुष्काको केमेष्ट्री

बलिउडमा नायक साहरुख खान र नायिका अनुष्का शर्माको जोडी चर्चित छ । साहरुखसँगै चलचित्र ‘रब ने बना दी जोडी’बाट अनुष्काले बलिउडमा डेब्यू गरेकी थिइन् । साहरुख र अनुष्काले दोश्रो पटक चलचित्र ‘जब तक हे जान’मा काम गरेका थिए । अब, यो जोडी तेश्रो पटक चलचित्र ‘जब ह्यारी मेट सेजल’मा पर्दामा देखिदैछ । यो चलचित्रको पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘राधा’ बोलको गीतले युटुबमा तहल्का मच्चाइरहेको छ । सार्वजनिक भएको छोटो समयमा नै ६० लाख भन्दा बढी पटक हेरिएको यो गीतमा साहरुख र अनुष्काको गजबको केमेष्ट्री देखिएको छ । इम्तियाज अलीले यो रोमान्टिक कमेडी चलचित्रको निर्देशन गरेका हुन् । अगष्ट ४ बाट यो चलचित्...

‘ट्यूबलाइट’छायांकनमा सलमानलाई गाह्रो

कबिर खान निर्देशित चलचित्र ‘ट्युबलाइट’ रिलिजको मिति नजिकिदै गर्दा सुटिङका सकस सार्वजनिक हुन थालेको छ । भारतीय मिडियाले उल्लेख गरे अनुसार यस चलचित्रको सुटिङ मनाली र लद्दाखमा भएको थियो । पहाडको उचाइमा सुटिङ भएकाले अक्सिजन निकै कम थियो भने सुटिङमा संलग्न प्राविधिक एवं कलाकारलाई श्वास फेर्न निकै गार्‍हो परेको थियो । केही प्राविधिक बिरामी भएकै कारण उपचारका लागि मुम्बई पुगेका थिए त स्टन्टम्यानले अक्सिजन माक्स लगाएर स्टन्ट गरेका थिए । दौडिन पर्ने दृष्य धेरै भएका कारण सलमानका भाइ सोहिल खान स्टन्टम्यानसँगै दौडिन वाध्य भए । यस्तै कष्ट सलमानले पनि बेहोर्नु परेको थियो । यो चलचित्रमा सोहिलले एक आर्मी...

साइकलमा होइन कारमा स्कुल जान्थिन् परिणिती

बलिउड नायिका परिणिती चोपडाले आफु गरिब परिवारको भएकाले स्कुल जाँदा साइकलमा जाने गरेको भन्ने समाचार झुटो सावित भएको छ । उनको स्कुल पढ्दाकी साथी कानी गुप्ताले फेसबुकमा लेख्दै भनेकी छिन् (‘परिणीतीको बुबासँग एउटा हैन दुइ तीनवटा महंगा कार थिए । उनी कहिल्यै साइकल चढेर स्कुल गइनन् ।’ परिणितीले आफुसँग महंगो कार नभएकाले साइकल चढेर स्कुल जाने गरेको र केटाहरुले आफूलाई जिस्क्याउने गरेको केही समय अगाडि बताएकी थिइन् । यतिसम्म कि कतिपय केटाहरुले फ्रक उचाल्दिने समेत गरेको बताएकी थिइन् । उनकी क्लासमेट गुप्ताले यो सब झुटो भएको बताएकी छिन् । गुप्ताको भनाई सार्वजनिक भए लगत्तै परिणितीले भनेकी छिन‘म साइकलमा स्कुल...