सिर्जना संवाद : पाठकको संख्या मात्रै बढेर साहित्यको साँचो अर्थमा विकास नहुने ||

काठमाडौं, साहित्यकारहरुले पाठकको संख्या मात्रै बढेर साहित्यको साँचो अर्थमा विकास नहुने बताएका छन् । साँचो अर्थमा साहित्यको विकासका लागि पुस्तक पढ्ने र निस्कने क्रम मात्रै पर्याप्त नहुने उनीहरुको भनाई छ । संख्यात्मक रुपमा बढी भन्दा पनि गुणात्मक रुपले राम्रा पुस्तक निस्किएमा मात्रै सही अर्थमा साहित्यको विकास हुने काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको आयोजना तथा साहित्यकार डा. सनतकुमार वस्तीको संयोजनमा भएको कार्यक्रम सिर्जना संवादका सहभागी साहित्यकारले बताएका हुन् ।   पाठकले राम्रो पुस्तक पढ्ने बानी विकास गर्नु पर्ने र लेखकले पनि संख्यालाई भन्दा आफ्नो लेखनीको गुणस्तरलाई ख्याल गर्नु पर्ने साहित्...

कविन्द्र तिमल्सिनाको ‘जय फेसबुक’ विमोचन ||

निबन्धकार कविन्द्र तिमल्सिनाको हाँस्यव्यङ्ग्य निबन्ध संग्रह ‘जय फेसबुक’ राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा विमोचन गरिएको छ । शनिबार राष्ट्रकवि निवास लैनचौरमा विशेष कार्यक्रम गरी पुस्तक विमोचन गरिएको हो । निबन्धकार तिमल्सिनको जय फेसबुकमा १६ वटा निबन्ध संग्रहित छन् । युवापुस्ताको फेसबुक मोह र त्यसले निम्त्याएका विभिन्न परिस्थितिमाथि निबन्ध केन्द्रित छन् । कम उमेरमै साहित्यलाई माया गरेर कलम चलाउनु राम्रो कुरा भएको भन्दै राष्ट्रकवि घिमिरेले निबन्धकार तिमल्सिनाको प्रशंसा गर्नुभयो । २० वर्षकै उमेरमा हाँस्यव्यङ्ग्य निबन्ध साहित्यमा कलम चलाउनु खुसीको कुरा भएको भन्दै प्राध्यापक डा. कृष्णप्रसाद दाहालल...

बिष हैन अमृत खाएर खोज्नुहोला

बिष हैन अमृत खाएर खोज्नुहोला र मन मुटुलाई बचाएर खोज्नुहोला॥ धोकाको बजारबाट फरार भएको छ बरु साचो माया लगाएर खोज्नुहोला॥ भोकले सताए पछि छट्पटीने गर्छन् ति भोकाहरुलाई अघाएर खोज्नुहोला॥ कसैको यादमा हरायो भेट्ने नै भने उनकै तस्बिर बनाएर खोज्नुहोला॥ खोज्ने भने कुशललाई सहरमा हैन गाउँले हो गाउँतिरै आएर खोज्नुहोला॥ कुशल चम्लागाई गाउँले धरमपुर छ झापा संगम चोक...

चिताएको कुरा होस नयाँ वर्षमा

चिताएको कुरा होस नयाँ वर्षमा मस्तिस्कनै छुरा होस नयाँ वर्षमा ।। शिखर चुम्ने पाईला वढाउनु सधै सवै इच्छा पुरा होस नयाँ वर्षमा ।। हरि बराल साहित्यिक कार्यक्रम प्रस्तोता  रेडियो भिजन झापा  ...

भयो प्रेमको उपहार मलाई नदिनु

भयो प्रेमको उपहार मलाई नदिनु। बैगुनी छु तिम्रा लागि भलाई नदिनु। अन्तिम चिनो हुनेछ जतनले राख्नु पठाएको चिठी पत्र जलाई नदिनु। तिमी माथी राखेको छु यहि अपेक्षा आस्थाको त्यो खम्बा ढलाई नदिनु। जे भयो भयो अब अतीत भुल्नु पर्छ यस्तो हल्ला कसैले नि चलाई नदिनु। हावा हुरि खडेरी छ चैत बैसाखको चकचके भुरा हरुलाई सलाई नदिनु। भिजन गुरागाईं,शिबगंज, झापा...

यादहरु कहिले तस्विरमा राखीन्छ

यादहरु कहिले तस्विरमा राखीन्छ, राखीन्छ साँच्चै तक्दिरमा राखीन्छ । नाती डोकोचाहीँ नफाल्नु भन्छ जव बुढा बाबुलाई लगेर भीरमा राखीन्छ । अरे, यहाँ योग्यताको कदर कसरी भयो आफ्नालाई सिधै जागीरमा राखीन्छ । मलाई यो प्रश्नको जवाफ देउ सरकार नारीलाई कहिलेदेखी मन्दिरमा राखीन्छ ।। प्रचुर अभाव, बुधबारे झापा...

नरुवाउन प्रिय मलाई

नरुवाउन प्रिय मलाई आँशु मेरो सुकी सक्यो । वाण अब नचलाउ मुटु मेरो फुटीसक्यो ।। कति माया गथ्र्यौ पहिले, कति गथ्र्यौ मिठा कुरा आज यता उता भईयो हाम्रो बाटो छुटी सक्यो ।। टेरश उप्रेती,सुरुङ्गा, झापा  (हाल अफगानस्थान )...

मदनको मुक्तक

हिड्दा हिड्दै पाइला मेरा टक्क रोकियोस । मस्तिष्कमा फूल फूलेर ढकमक्क रोकियोस ।। म त्यस्ती प्रियसीको खोजीमा छु अझै पनि । जसलाई देख्दा मेरो मन निर्धक्क रोकियोस।।...

एकतर्फी माया (Ek Tarfi Maya)

सजाउँछ्यौ कि दिलमा भनि सधैँ तिम्रो नजिक आएँ एक कित्ता ठाउँ देउ दिलमा भनि मैले बिन्ति लाएँ उमंग छर्छ्यौ तिमी पुर्णिमाको चन्द्रमा भै त्यो चन्द्रमा दिलभित्रको आकाशमा सजाउन चाहेँ तिमीलाई नै देखेँ मैले नवदुर्गा भगवति मनमन्दिरकी देवि मानी मैले तिम्रै भजन गाएँ भ्रममा रहेछु म, तिम्रो बाटो अलग रैछ एकोहोरो मायाको प्रतिफल आज खाएँ तिमी बस्छ्यौ रानी बनि हृदयमा राज गरी निस्केर जाउ तिमी पनि मैले मात्र कष्ट पाएँ...

माया (Maya)

धेरै माया गरेँ तिमीलाई I love you भन्न चाहिँन न्यु योर्क क्यासीनोमा तिमीले डाक्ता भेट्न आइँन प्रफुल्ल जवानिका इच्छाहरु सल्बलाउँदा अनुरोध गरेँ तिमीलाई तर मैले साथ पाइँन माया गर्छु तिमीलाई भनि विश्वास मलाइ दिलाउ भन्थ्यौ तिम्रो शिरमा हात राखी देउता भाकी कसम खाइँन मायाको कोपिला नै चुडेर तिमीले फाल्दा भावनामा बहकिएर बिरहका गीत गाइँन तिम्रो सृष्टि भगवानले मेरै लागी गरे भन्थ्यौ स्वार्थ हेरी बाटो लाग्यौ मैले तिमीलाई दोष लाइँन...