भयो प्रेमको उपहार मलाई नदिनु

भयो प्रेमको उपहार मलाई नदिनु।
बैगुनी छु तिम्रा लागि भलाई नदिनु।

अन्तिम चिनो हुनेछ जतनले राख्नु
पठाएको चिठी पत्र जलाई नदिनु।

तिमी माथी राखेको छु यहि अपेक्षा
आस्थाको त्यो खम्बा ढलाई नदिनु।

जे भयो भयो अब अतीत भुल्नु पर्छ
यस्तो हल्ला कसैले नि चलाई नदिनु।

हावा हुरि खडेरी छ चैत बैसाखको
चकचके भुरा हरुलाई सलाई नदिनु।
भिजन गुरागाईं,शिबगंज, झापा

Published On: Time : 10:31:49  633पटक हेरिएको

तपाईको प्रतिक्रिया