बिष हैन अमृत खाएर खोज्नुहोला

बिष हैन अमृत खाएर खोज्नुहोला
र मन मुटुलाई बचाएर खोज्नुहोला॥

धोकाको बजारबाट फरार भएको छ
बरु साचो माया लगाएर खोज्नुहोला॥

भोकले सताए पछि छट्पटीने गर्छन्
ति भोकाहरुलाई अघाएर खोज्नुहोला॥

कसैको यादमा हरायो भेट्ने नै भने
उनकै तस्बिर बनाएर खोज्नुहोला॥

खोज्ने भने कुशललाई सहरमा हैन
गाउँले हो गाउँतिरै आएर खोज्नुहोला॥

कुशल चम्लागाई गाउँले
धरमपुर छ झापा संगम चोक

Published On: Time : 9:41:20  568पटक हेरिएको

तपाईको प्रतिक्रिया