कविन्द्र तिमल्सिनाको ‘जय फेसबुक’ विमोचन ||

निबन्धकार कविन्द्र तिमल्सिनाको हाँस्यव्यङ्ग्य निबन्ध संग्रह ‘जय फेसबुक’ राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा विमोचन गरिएको छ । शनिबार राष्ट्रकवि निवास लैनचौरमा विशेष कार्यक्रम गरी पुस्तक विमोचन गरिएको हो । निबन्धकार तिमल्सिनको जय फेसबुकमा १६ वटा निबन्ध संग्रहित छन् ।

युवापुस्ताको फेसबुक मोह र त्यसले निम्त्याएका विभिन्न परिस्थितिमाथि निबन्ध केन्द्रित छन् । कम उमेरमै साहित्यलाई माया गरेर कलम चलाउनु राम्रो कुरा भएको भन्दै राष्ट्रकवि घिमिरेले निबन्धकार तिमल्सिनाको प्रशंसा गर्नुभयो । २० वर्षकै उमेरमा हाँस्यव्यङ्ग्य निबन्ध साहित्यमा कलम चलाउनु खुसीको कुरा भएको भन्दै प्राध्यापक डा. कृष्णप्रसाद दाहालले निबन्धकारलाई बधाई दिनुभयो ।

मनमती साहित्य समाजले गरेको विमोचन कार्यक्रममा राष्ट्रकवि घिमिरेद्वारा लिखित केही गीतसमेत गाइएको थियो । जसले कार्यक्रमलाई थप रमाइलो बनायो । कार्यक्रममा राष्ट्रकवि पत्नी महाकाली घिमिरे पनि सरिक हुनुहुन्थ्यो । गीता तिमल्सिनाले प्रकाशन गर्नुभएको ‘जय फेसबुक’ को मूल्य २ सय १५ रुपैयाँ राखिएको छ ।

Published On: Time : 16:58:36  559पटक हेरिएको

तपाईको प्रतिक्रिया