सिर्जना संवाद : पाठकको संख्या मात्रै बढेर साहित्यको साँचो अर्थमा विकास नहुने ||

काठमाडौं, साहित्यकारहरुले पाठकको संख्या मात्रै बढेर साहित्यको साँचो अर्थमा विकास नहुने बताएका छन् । साँचो अर्थमा साहित्यको विकासका लागि पुस्तक पढ्ने र निस्कने क्रम मात्रै पर्याप्त नहुने उनीहरुको भनाई छ । संख्यात्मक रुपमा बढी भन्दा पनि गुणात्मक रुपले राम्रा पुस्तक निस्किएमा मात्रै सही अर्थमा साहित्यको विकास हुने काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको आयोजना तथा साहित्यकार डा. सनतकुमार वस्तीको संयोजनमा भएको कार्यक्रम सिर्जना संवादका सहभागी साहित्यकारले बताएका हुन् ।  

पाठकले राम्रो पुस्तक पढ्ने बानी विकास गर्नु पर्ने र लेखकले पनि संख्यालाई भन्दा आफ्नो लेखनीको गुणस्तरलाई ख्याल गर्नु पर्ने साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले बताउनुभयो । यस्तै कार्यक्रममा कथाकार माया ठकुरीले हरेक कुरामा साहित्यका लागि विषयवस्तु भेटिने तर त्यसलाई लेखकले कसरी प्रस्तुत गर्ने भन्ने उ आफैको सीपको कुरा रहेको बताउनुभयो ।बजारमा आएका नयाँ पुस्तकका बारेमा स्रष्टा र पाठकबिच प्रत्येक्ष संवाद गराउने उद्देश्यले सिर्जना संवाद कार्यक्रम सुरु गरिएको हो । कार्यक्रमको पहिलो अंकमा तिर्थराज वन्तको कथा संग्रह यो मेरो कथा होइन माथि चर्चा भयो ।

कार्यक्रममा सँस्कृतिविद चेतन कार्कीले लेखकको ठूलो सम्पत्ति राम्रो पाठकको प्रतिक्रिया रहेको भन्दै यस्तो कार्यक्रमले साहित्यकारलाई थप उर्जा मिल्ने बताउनुभयो । साहित्यकार प्रकाश सायमीले लेखनीसँगै अध्ययनमा पनि जोड दिइनु पर्ने र राम्रा पुस्तक पढिनु पर्नेमा जोड दिनुभयो । हरेक महिनाको पहिलो बिहीबार सिर्जना संवाद कार्यक्रम हुनेछ । 

Published On: Time : 9:03:11  489पटक हेरिएको

तपाईको प्रतिक्रिया