सन् २०१५ मा धेरै कमाउने उत्कृष्ट १० गायिका

english-singersविश्वका अन्य क्षेत्रमा जस्तै संगीतमा पनि सयौं महिला प्रतिस्पर्धी बनेका छन् । सुमधुर स्वर, प्रस्तुति र गायन शैलीमा प्रतिस्पर्धा गर्न नसक्दा हजारौंका सपना अधुरै रहेका छन्।
अझ पछिल्लो समय कला र ग्ल्यामरको सम्मि श्रणमा सफलता खोजिन थालेकाले गायिका प्रतिभावान्, परिश्रमी, शालीन अनि सुन्दर पनि हुन आवश्यक भइसकेको छ। हरेक वर्षको सुरुआतमा कसले राम्रो गर्लान्, कसले धेरै कमाउलान् भन्ने अनुमान हुन्छ भने वर्षको अन्त्यमा धेरै कमाउनेको चर्चा हुन्छ।
संसारभरका संगीतप्रेमीको मन जित्न सफल एवं वर्ष २०१५ मा धेरै कमाउने उत्कृष्ट १० गायिकाको सूचीमा को को परे त?
म्याडोना रवाफ
पप क्विनका रूपमा ख्याति कमाएकी म्याडोना विश्वमै प्रभावशाली गायिका मानिन्छन् । विश्व संगीतमा उनको रवाफले सन् २०१५ मा सबभन्दा धेरै कमाउने गायिकाको सूचीमा नम्बर वान बन्न सफल भइन्।
एजेन्सीका अनुसार यो वर्ष उनको कमाइ सात सय मिलियन डलर रहेको छ । तीन सय मिलियनभन्दा धेरै पटक उनका गीत बिक्री भएका छन् । यसले उनलाई बेस्ट सेलिङ फिमेल सिंगरका रूपमा स्थापित गरेको हो।
विश्वमा नम्बर वान बनेकी उनी यो वर्ष अमेरिकामा भने दोस्रो बेस्ट सेलिङ सिंगर बनेकी छन् । निजी जीवनमा उनी जति बिन्दास छिन्, गायनमा त्यत्तिकै दखल राख्छिन्।
पछिपछि डियोन
विश्वविख्यात क्यानेडेली गायिका सेलिना डियोन टिनएजमै सेलिब्रेटी भइसकेकी थिइन्। रक, पप, शास्त्रीय सबै प्रकारका गीत गाउनसक्ने उनको क्षमता अद्वितीय छ।
विश्वमा उनलाई बहुप्रतिभाशाली गायिकाका रूपमा चिनिन्छ । अंग्रेजी र फ्रेन्च भाषामा गाउने गरेकी डियोनको गीत जर्मन, ल्याटिन, जापानिज, इटालियन, चाइनिजलगायत विभिन्न भाषामा छन्। वर्ष २०१५ मा सात सय मिलियन डलर कमाइ गर्दै धेरै कमाउने गायिकाको दोस्रो नम्बरमा पर्न सफल भएकी छन्।
वियोन्सेको दबदबा
आफूलाई आधुनिक महिलावादीका रूपमा वर्णन गर्ने गायिका वियोन्से पनि विश्वमा शक्तिशाली गायिकाका रूपमा दरिएकी छन्। गायनमा विगत लामो समयदेखि आफ्नो दबदबा कायम गर्दै आएकी उनी सन् २०१५ मा लगभग साढे पाँच मिलियन डलर कमाइ गर्दै धेरै कमाउनेको सूचीमा तेस्रो नम्बरमा रहन सफल भइन्।
विश्वसंगीत यात्राका क्रममा उनले यस वर्ष प्रायः माया, सम्बन्ध, बहुविवाह तथा महिला सशक्तीकरणलाई जोड दिएकी थिइन्। स्टेजमा उनको परिस्कृत कोरियोग्राफीसँगै दमदार प्रस्तुतिले उनको गीतमा अझ मिठास थपिदियो। फोर्ब्स पत्रिकाले उनलाई यस वर्ष प्रतिभाशाली महिलाको टाइटल पनि दिएको छ।
 मारिया आइटम
वर्ष २०१५ मा धेरै कमाउने गायिकाको सूचीमा मारिया केरी चौथो नम्बरमा परेकी छन्। उनी अल टाइम रुचाइएकी गायिकामध्येमा गनिन्छिन्। यस वर्ष उनको कमाइ लगभग वियोन्सेकै हाराहारीमा रह्यो।
मीठो स्वर, दमदार प्रस्तुति अनि आइटम डान्सका कारण उनी सधैं चर्चामा रहने गरेकी छन्। ग्रामी अवार्ड विजेता अमेरिकी गायिका मारिया केरीले आफ्ना समकालीन गायिकामा पृथक् पहिचान बनाएकी छन्।
डलीलाई अवार्डको ओइरो
विश्व संगीतमा गायिका डली पार्टनको आफ्नै छवि छ। अमेरिकी गायिका डलीको नाम लिनासाथ अवार्डको कुरा आउँछ। उनी यस्ती गायिका हुन् जसले आठवटा ग्रामी अवार्ड, सातवटा एकेडेमी अवार्ड, १० वटा कन्ट्री म्युजिक अवार्ड पाइसकेकी छन्।
यसले पनि उनको गायन कला र क्रेजलाई प्रमाणित गर्छ । यस वर्ष चार सय ५० मिलियन डलर कमाइ गर्दै धेरै कमाउने गायिकाको सूचीमा पाँचौं नम्बरमा परेकी छन्।
हाई प्रोफाइल सानिया
विश्व संगीतमा हाई प्रोफाइल मानिने अर्की क्यानेडेली गायिका हुन् सानिया ट्विन्। उनको स्वर जति सुमधुर छ, त्यत्तिकै शक्तिशाली पनि लाग्छ। सानियाका गीतले श्रोतादर्शकको मुटु छुने सामथ्र्य राख्छ।
लाखौं मानिसको मन छुन सफल गायिका सानियाले विश्वका विभिन्न स्थानमा कन्सर्ट गरिसकेकी छन् । प्रतिभा र मेहनतअनुसार राम्रो कमाइ गर्न पनि सफल छिन। यस वर्ष उनी धेरै कमाउने गायिकाको सूचीमा छैटौं स्थानमा परेकी छन्।
प्रेरणाको स्रोत बार्बरा
अमेरिकी गायिका तथा नायिका हुन्, बार्बरा स्ट्रिस्यान्ड। वर्षौंसम्म धेरै क्षेत्रमा प्रेरणाको स्रोत बन्न सफल उनी गीत, संगीत, लेखन एवं चलचित्रमा क्रियाशील छिन्।
गायिका बार्बरा ‘कन्टेम्पोरेरी पप’को आमाका रूपमा चिनिएकी छन्। ओस्कार, ग्रामी, एकेडेमीलगायतका विश्वमा प्रतिष्ठित मानिने सबै अवार्ड हात पारिसकेकी बार्बराले यो वर्ष तीन सय ४० मिलियन डलर कमाइ गरेकी छन्।
लाइभ हटेस्ट जेनिफर
विश्वमा स्टाइलिस्ट र सेक्सी गायिकाका रूपमा कहलिएकी छन्, जेनिफर लोपेज। आफ्नो सफलताको सुगन्ध विश्वभर फैलाउन सफल लोपेजले यस वर्ष तीन सय १५ मिलियन डलर कमाइ गरेकी छन्। सुन्दरता एवं गाउने दमदार शैलीका कारण संसारभर उनको माग छ।
गाउनुका साथै कपडा, गरगहना, अन्य उत्पादनको व्यवसायसमेत गर्दै आएकी उनले यो वर्ष ‘लाइभ हटेस्ट ओमन’का रूपमा पनि थप ख्याति कमाइन्।
पपकी देवी चेर
अमेरिकी फेसन आइकन चेरलिन सर्किसियन विश्वमा चेरको नामले चिनिन्छिन्। उनी गायिका एवं नायिका पनि हुन्।दमदार स्वर तथा ग्ल्यामरस छविका कारण ‘उनले पपकी देवी’ उपनाम पाएकी छन्।
उनी एकमात्र यस्ती गायिका हुन् जो प्रत्येक वर्ष संगीतको चार्टमा उत्कृष्ट स्थानमा पर्ने गर्छिन् । यस वर्ष उनको कमाइ तीन सय पाँच मिलियन डलर छ ।
अचम्मकी गागा
अचम्मको फेसन सेन्सका कारण फ्यान र पापाराजीको पहिलो रोजाइमा पर्ने अमेरिकी गायिका हुन्, लेडी गागा। विश्व पप गायनमा उनको आफ्नै स्थान छ।
संगीत क्षेत्रमा प्रवेश गरेपछि उनले कहिल्यै पनि पछि फर्केर हेर्नु परेको छैन। ६ वटा ग्रामी अवार्ड पाइसकेकी गागा बेस्ट सेलिङ सिंगरमा पर्छिन्।
गायनका साथै फेसन डिजाइनमा पनि उनको दखल छ। विभिन्न पहिरन र गरगहना डिजाइन गर्ने गरेकी उनले यस वर्ष दुई सय दुई मिलियन डलर कमाइ गरेकी छन्।

 

Published On: Time : 7:12:25  811पटक हेरिएको

तपाईको प्रतिक्रिया