‘दिलवाले’ले पायो वर्षकै खराब फिल्मको उपाधि

हालै मुम्बईमा हरेक वर्ष सबैभन्दा खराब अभिनयलाई लिएर दिने गरिएको गोल्डेन केला अर्वाड सम्पन्न भएको छ ।उक्त कार्यक्रम दिल्लीको इंडिया हेबिटेट सेन्टरमा भएको थियो ।कार्यक्रममा शाहरुख खान , काजोल ,वरुण धवन र कृति सेनन अभिनित फिल्म “दिलवाले” लाई वर्षकै सबैभन्दा खराव फिल्म को अवार्ड प्रदान गरिएको छ । ‘दिलवाले’ को साथै फिल्म ‘प्रेम रतन धन पायो’ बाट सोनम कपुरले खराव अभिनेत्रीको अवार्ड पाएकी छिन भने खराब अभिनेताको उपाधि फिल्म ‘हिरो’ बाट सुरज पंचालीलाई दिइएको छ । कार्यक्रममा फिल्म ‘बाजीराव मस्तानी’ बाट रणवीर सिंह र दीपीका पादुकोणलाई हिस्टोरिकल एक्युरेसीका लागि मनोज कुमार अर्वाड घोषणा गरिएको छ ।त्यस्तै सोनाक्षी सिन्हालाई पनि व्हाट द हेलको अर्वाड दिइएको छ ।

Published On: Time : 6:47:15  576पटक हेरिएको

तपाईको प्रतिक्रिया