विचित्र साहसीक फिल्मः “द जंगल बुक”

“आइरन मैन”, “आइरन मैन २” जस्ता फिल्म निर्देशन गरिसकेका हलिउडका प्रख्यात निर्देशक , निर्माता तथा अभिनेता जोन फेवरोउ ले हालै साहसिक फिल्म “द जंगल बुक” निर्देशन गरेका छन ।रुडर्याड किपलिंगको किताबमा आधारित यस फिल्ममा एक मात्र पात्र ‘मोगली’को अभिनय रहेको छ जसमा नील सेठीले मोगली को भुमिका निर्वाह गरेका छन ।फिल्मको पुरै कथा जंगलमा संघर्ष गरिरहेको बालक मोगली को जिवन मा आधारित छ ।फिल्ममा मोगली को जंगलका जनावर संगको घनिष्टता र केही जनावर संगको भिडन्त लाई रोचक ढङगले देखाइएको छ ।करीव १ घण्टा ४५ मिनेटको यस फिल्ममा मोगलीको साहसिक जंगल यात्रा लाई प्रस्तुत गरिएको छ । यस फिल्मको अङग्रेजी संस्करण मा हलीउड स्र्टास विल मरे, वेन किंग्सले, इदरिस एल्वा र लुपिता न्योँगोहरुको आवाज सुन्न सकिनेछ भने हिन्दी भर्सनमा नाना पाटेकर, प्रियंका चोपडा ,इरफन खान र ओम पुरी ले आवाज दिएका छन । निर्माता जोन फेवरोउ र ब्रिघम टेलर को संयुक्त निर्माण रहेको यस फिल्ममा संगीत जोन डैबने को रहेको छ । परिवार तथा बालबालिका को साथमा रहेर हेर्न सकिने यस फिल्म पुर्ण रुपमा मनोरञ्जनात्मक तथा साहसिक बनेको छ।

Published On: Time : 6:50:24  539पटक हेरिएको

तपाईको प्रतिक्रिया