‘नयाँ गीतको तयारीमा छु’

Sadaj Sambahamfeनेपाली संगीत उद्योगमा देखीएका धेरे गायक गायीकाहरुको भिडमा एउटा छुट्टै पहिचान बोकेको नाम हो षडज सम्वाहाम्फे । उनको नाम भित्रै संगीत लुकेको छ । शास्त्रीय संगीतमा सारेगमपधनिसा को पहिलो सा लाई षडज भनिन्छ । आफ्नै शब्द, संगीत र स्वरमा ‘पीरतीले होइन हजुर’ गीत गाएर चर्चामा आएका उनी धेरै श्रोताहरुको रोजाईमा परेका छन् । सुमधुर आवाजका धनी षडजले दर्जनौ गीतहरुमा आवाज भरेका छन । रमाईलो शैलीका गीतहरु गाउन रुचाउने षडजको अर्को गीत ‘होनी रेशम हो रेशम’ले पनी उनलाई थप चिनायो । षडजले (why…)र ( Why Reloaded) गरी दुई एल्वम बजारमा ल्याएका छन । पाँचथरको नवमी डाँडा स्थायी घर भएका उनी पढाईको शिलशिलामा २०५४ सालमा राजधानी काठमाण्डौ प्रबेश गरेका हुन । पढाई संगै संगीतमा ध्यान गए पछी यो विद्यामा पनि उनी पछी हटेनन् । सानो छँदा गाउँघरमा गीत गाउँदै हिँड्ने षडज एउटा राम्रो गायकको रुपमा देखीएका छन् । प्रस्तुत छ गायक षडज सम्वाहाम्फेसंग गरीएको कुराकानी ।

हिजो आज केमा ब्यस्त हुनु हुन्छ ?
नयाँ गीत ‘तिम्रो सम्झनाले’लिएर आउने तयारी गरीरहेको छु । भिडियोको छायाङ्कन पनि भैसकेको छ । अब केही दिनमै अडियो भिडियो सहित बजारमा आउने तरखरमा छु ।

तपाई विचमा गायनबाट हराउनु भएको हो ?
मैले पहिलो एल्बम गरे पछि म तीन बर्ष जत्ति अलिक टाढा मात्र थिए । तर हराएको भने होइन । यो बिचमा पनि गीतको तयारी भने गरीराखेकै थिए ।

कस्ता गीत चाहीँ श्रोताले रुचाउँछन् ?
यस्तो खालको भन्न चाहीँ अलि गाह्रो छ । श्रोताहरुले मोडअनुसारको गीत रोज्नु हुन्छ । तर पनि पछिल्ला दिनहरुमा अलिकति फरक स्वादका रमाईला गीतहरु बजारमा निक्कै चलेको पाइएको छ ।

‘तिन पानेले जोगी’बनाएको त होइननी ?
तिनपानेले जोगी बनाएको त होइन तर संगीतमा लागेर चाहिँ झन्डै झन्डै जोगी भइृयोे । हा.हा..हा…

संगीतलाई तपाईले कसरी बुझ्नु भएको छ ?
संगीत अपरम्पार छ बुझेर सिकेर कहिल्यै नसकिने र मानिसको जिन्दगीको हर मोडहरुमा जहिल्यै अभिन्न अंग भएर रहिरहन्छ ।

तपाईलाई अभिनयमा चाहीँ  रुची छैन ?
अभिनयमा हल्का रुचि छ । मेरो गीतहरुमा थोरै भए पनि अभिनय गरेको छु । तर खुलेरै अभिनयमा चाहीँ छैन ।

गीत गाउनकै लागी कुन कुन ठाउँ पुग्नु भयो ?
नेपालको पुर्व पश्चिम विभिन्न जिल्लाहरुमा गएको छु । बिदेश चाहिँ केही समय अगाडी हङकङ गएको थिएँ । अरु देशहरुमा पनि वातावरण बन्दै छ ।

‘लाहुरे’हुनुपर्ने मान्छे यो क्षेत्रमा चाहीँ कसरी आउनु भयो नी ?
लाहुरे हुन कोशिस चाहिँ नगरेको होइन तर असफल भएको हो । संगीत क्षेत्रमा सानैबाट रुचि थियो तर गायक कलाकार नै बन्छु संगीत मै यसरी जम्छु भनेर चाहीँ सोचेको थिएन अग्रज,गुरुहरु र साथिभाईको हौसला साथ र सहयोगले म यो क्षेत्रमा आईपुगेँ ।

घर जमको योजना के छ ?
घरजमको योजना अहिले सम्म सोचेको छैन । विवाह जस्तो कुरा हत्तारीनु पनि राम्रो होइन । संगीत मै संघर्ष गर्दैछु । धेरै कुराहरु गर्न बाँकी छ । बाँकी कुरा भबिस्यलाई जिम्मा दिएको छु ।

डेटिङ्ग जाँदाको एउटा रमाईलो क्षण बताउनु पर्दा ?
नभनुम होला । हा..हा…हा…..

गायनको अलवा के गर्नु हुन्छ ?
गायनको अलवा राजधानीकै विभिन्न स्कुलहरुमा साना बिद्यार्थीलाई संगीत सिकाउँछु ।

तपाई पनि संगीत सिक्दै हुनुहुन्छ होला नी ?
यो विधा पनि अरु जस्तै सिकेर कहिल्यै पनि सकिदैन । म पनि संगीत सिक्ने क्रममै छु । सिक्दैछु ।

संगीत शिक्षा पढेर, बुझेर आएको मान्छेले मात्र यो क्षेत्रमा गरी खान सकीन्छ भन्छन्नी हो ?
सही हो । संगीत लाई राम्ररी बुझेर सिकेर पढेर यहि क्षेत्रमा लागेर संगीतलाई नै ब्यबसाय बनाएर जीउछु भन्नेले मात्र यो क्षेत्रमा गरी खान सक्छ ।

अबको योजना के बनाउनु भएको छ ?
बिदेश कार्यक्रमको योजना हुँदैछ । नयाँ गीतहरुको कम्पोज गर्दै छु । अझै राम्रा गीतहरु बजारमा लिएर आउने कोसीसमा छु ।

अन्त्यमा केही भन्नु छ ?
आफ्ना विचार राख्न दिएकोमा धेरै धेरै धन्यवाद । सम्पुर्ण श्रोता ,दर्शक शुभचिन्तकहरु नेपाली गीत संगीत, कला साहित्य ,चलचित्रहरुलाइ सदैब माया,सपोर्ट गरिदिनुहोस भन्न चाहन्छु । चाँडै नै मेरो नयाँ गीत ‘तिम्रो सम्झनाले’को म्युजिक भिडियो रिलिज हुँदै छ, एक पटक हेरीदिनुहोला । धन्यवाद ।

हेर्नुहोस भिडियो

 

Published On: Time : 6:57:03  1504पटक हेरिएको

तपाईको प्रतिक्रिया