मधुको ‘पातै फरर’

गायीका मधु क्षेत्रीकोे तीज गीत ‘पातै फरर ’सार्वजनिक भएको छ । आशिष म्युजिक प्रा.लिले बजारमा ल्याएको यो गीतको भिडियोमा गायीका मधुले नैअभिनय गरेकी छिन् । उनीसंगै अभिनयमा आश्विन मगरलाई देख्न सकिन्छ । भद्र वलीको शब्द/सङ्गीत रहेको गीतको भिडियोलाई बासु बरालले छायाँकन तथा राजेश कुमारले सम्पादन गरेका हुन् ।

थुप्रै गीत मार्फत दर्शक–स्रोताको मन जित्न सफल मधुको केही महिना मधुको ‘ब्युटी ब्युटी छ ’ले पनि राम्रै चर्चा पाएको थियो । पछिल्लो समय तीज गीतमा विकृति आएको भन्दै उनले यसको मर्म र भावना अनुसार गीत बजारमा ल्याउनु पर्ने बताइन । विगत ७ वर्षदेखि नेपाली गीत–सङ्गीतमा रहेकी मधुले बलराम राजवंशी, प्रकाश गुरुङसँग यससम्बन्धी अध्ययन गरेर नै यो क्षेत्रमा होमिएकी हुन् ।

गीत संगीतलाई दुःख सुखको साथी मान्ने उनी पछिल्लो समयमा लोकगीतमा आएको विकृतिमा चिन्तीत भएको बताउँछिन् । दोहोरी अहिले फोहोरी भएको उनको बुझाई छ ।

हेर्नुहोस  भिडियो

Published On: Time : 8:10:00  319पटक हेरिएको

तपाईको प्रतिक्रिया