सुदिप गैरेको लेङ्गा ‘चोली’ सार्वजनिक

युएइ । प्रवासमा रहेर पनि संगीतमा सक्रिय रहदै यसैमा आफ्नो भबिस्य खोजिरहेका गायक सुदिप गैरे नेपाली सांगीतिक आकाशका एउटा चम्किला तारा हुन् ।धार्दीङ जिल्ला त्रिपुरेश्वर गा.प. ३ मुर्चोमा जन्मिएका गैरे आफ्नो १० बर्ष देखि युएइमा रहेका छन् । तर प्रवासमा रहेर पनि नेपाली संगीतप्रतिको मोह भने उहाँमा जिवितै छ ।
गीत सङ्गीत नसानसामा रहेको बताउने गैरेले लेङ्गा चोलिले बोलको म्युजिक भिडियो सार्बजनिक गरेका छन् । गैरेको आफ्नै शव्द स्वरमा रहेको गीतमा गायीका रोजी खड्काले साथ दिएकी छिन् । नेपालका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको उक्त भिडियोमा अञ्जली अधिकारी र प्रबिन थापाको अभिनय रहेको छ । उक्त गीतलाई सार्थक डिजिटलले बजारमा ल्याएको हो ।

पर्देशीको जीवनमा आधारित ‘मरु भूमिमा बालुवा तातिन्छ’‘विदेशमा पैसा दिन्छ’ ‘सिमलको अग्लो रुखले’ ‘जन्म भुमि घुम्न जाउ’ ‘धादिङ सल्यानटार’ लगायतका गित बजारमा आउने तयारीमा रहेको गायक गैरेले सेल्फी खबरलाई बताए ।

हेर्नुहोस भिडियो

 

 

Published On: Time : 10:40:10  1558पटक हेरिएको

तपाईको प्रतिक्रिया