साबित्री गिरीको ‘चौबन्दी चोली’

युएइ । गायिका साबित्री गिरीले मौलिक लोकलयमा आधारित तिज गीत बजारमा आएको छ । हाल युएइमा रहेकी गिरीले नेपालीका लोक परम्परालाई आफ्ना गीतमा समावेश गरेकी छिन्।

कहिले माईतिको माया त कहिले बिरानो मुलुकमा रहँदा आफ्नो गाउँ घरको माया । यस्तै गीत प्रस्तुत गर्न रुचाउँछिन गिरी ।
सोही क्रमलाई निरन्तरता दिदै अहिलेको तीजमा गिरिले आफ्ना माईतिहरुसंग भेट हुँदाको पललाई आफ्नो गीतमा प्रस्तुत गरेकी छिन । प्रायजसो आफ्ना गीतमा नेपाली मौलिकतालाई नछुटाउने गिरीले अहिलेको तीज गीत चौबन्दी चोलीमा पनि सो क्रमलाई निरन्तरता दिएको सेल्फी खबरलाई बताइन् ।चौबन्दि चोली गीतमा रचना तथा संगीत गिरीकोे आफ्नै रहेको छ ।

आवाजमा भने उनलाई छोरी ज्योतीले समेत साथ दिएकी छिन् । मधुर बस्नेतको निर्देशन तथा छायकंनमा तयार पारिएको गीतको भिडियोमा समेत सहर बजारका तामझाम भन्दा पर रहेर गाँउ घरका मौलिक परम्परालाई समेटिएको छ ।

हेर्नुहोस भिडियो

Published On: Time : 22:05:48  1082पटक हेरिएको

तपाईको प्रतिक्रिया