सार्वजनिक भयो ‘झिम झिम नझिम्काउ परेली’

चकलेटी गीतहरु श्रोता र दर्शकमाझ पस्किएर राम्रै चर्चा कमाएकी झापाली गायिका कमला सापकोटाले पूर्वेली लोकभाकाको आफ्नो पहिलो तीज गीत सार्वजनिक गरेकी छिन् । उनले हिन्दु नारीहरुको महान पर्व तीजको पूर्व सन्ध्यामा तीज गीत ‘झिम झिम नझिम्काउ परेली’ सार्वजनिक गरेकी हुन् ।

आफ्नै स्वर, संगीत र निर्देशनमा उनले ‘झिम झिम नझिम्काउ परेली’ बोलको गीत बजारमा ल्याएकी हुन् । धनसिंह गिरीको शव्द रहेको सो गीतलाई निर्देशन गरेर उनले आफू गायिका मात्र नभएर सफल निर्देशन हुन सक्ने क्षमता पस्केकी छिन् । पूर्वेली लोकभाकामा रहेको सो म्युजिक भिडियोमा हास्य कलाकार देवीराम पराजुली (भोक लाग्यो) को अभिनय रहेको छ । भोक लाग्यो सहित सो म्युजिक भिडियोमा विनु शाक्य, विशाल थापा, सरिता कुँवर र रविना आमगाईंले पनि अभिनय गरेका छन्। यसअघि उनले अलि अलि उमेर मेरो नामको म्युजिक भिडियो सार्वजनिक गरेकी थिइन् ।

बेली डान्सरका रुपमा समेत परिचित कमला एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक गर्दै गायन क्षेत्रमा थुप्रै चर्चा बटुल्न सफल भएकी छिन् । क्याच्चि टाइपका गीत पस्कने कमलाले यो पटक भने पूर्वेली लोक भाकाको जीत गीत मार्फत आफूलाई सबै विधामा पोख्त गायिका भनेर चिनाएकी छिन् । उनले झिम झिम नझिम्काउ परेली गीतमा हाँस्यकलाकार भोक लाग्योलाई प्रस्तुत गर्न पाउँदा आफू धेरै हर्षित बनेको प्रतिकृया दिएकी छिन् ।

हेर्नुहोस भिडियो

 

Published On: Time : 7:45:27  735पटक हेरिएको

तपाईको प्रतिक्रिया