‘महादेव’ लिएर आईन जुनु

 

नेपाली नारीहरुको महान चाड हरी तालिका तिजको अवसरमा दर्जनौ गायक गायिकाहरुले तिजको भिडियो सार्वजनिक गर्ने गरेका छन् । यसै विच गायीका तथा मोडल जुनु प्रसाईले विहिबार ‘महादेव’ सार्वजनिक गरेकी छिन् । प्रसाईले तिजको ब्रत बस्नेदिनको अवसर पारेर ‘महादेव’को म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । गायीका प्रसाईको आवाजमा रहेको गीत ‘महादेव’लाई गीतकार नरेश खड्काले लेखेका हुन् । यसमा गौरव दर्पणको संगीत रहेको छ ।
गायिका तथा मोडलका रुपमा चिनिएकी जुनुले ‘महादेव’मा पनि आफै अभिनय गरेकी छिन् । सञ्चारकर्मी तथा निर्देशक दिपेन भेट्वालको एक्सन कटमा निमार्ण गरीएको यस भिडियोलाई तुल्सी घिमीरेले कोरीयोग्राफी गरेका हुन् । भिडियोमा सञ्चारकर्मी देबी गौतम, किरण ओली लगायतलाई पनि देख्न सकिन्छ । भिडियोलाई आशिष पौडेल‘स्वामी’ले छायाङ्कन तथा सम्पादन गरेका छन् ।
हेर्नुहोस भिडियो

Published On: Time : 10:07:44  1171पटक हेरिएको

तपाईको प्रतिक्रिया