अब ‘नहाँसेर भो’ (भिडियोसहित)

समीर सुबेदी र आइन्द्र लिम्बुको लेखन, निर्देशनमा ‘नहाँसेर भो’ नामक हास्य शृङ्खला दर्शक माझ आइसकेको छ । प्रतेक बिहीवार राती जनता टेलिभिजनमा प्रसारण हुने टेलिशृन्खला र युटुब च्यानल Ramsar Media  बाट पनि हेर्न सकिनेछ । बिगत छ बर्षदेखि अभिनय छेत्रमा लागेका समीर सुवेदी र आइन्द्र लिम्बु पुर्बमा विभिन्न हास्य शृङ्खलामा  देखिदै आएका थिए । अहिले भने अभिनयका साथै आफ्नै निर्देशनमा पहिलो पटक काठमाडौबाटै ‘नहाँसेर भो’ नामक टेलिशृङखला लिएर दर्शकमाझ आएका छन । मधु ढकालको निर्माणमा बनेको हास्य टेलिशृन्खलाको निर्माण सल्लाहकार भने बद्री सुबेदी हुन ।

लेखन सहयोगी तथा सह निर्देशन भने आशिष ठकुरी र सुजन ढकाल रहेका छन । क्यामरा भने प्रवेश पोखरेलले खिचेका छन । ब्यबस्थापकमा गणेश भट्टराइ रहेका छन । अनि मेकअप जीवन पासाले गरेका छन। साथै समिर सुवेदी ,आइन्द्र लिम्बू,आशिष ठकुरी,सुजन ढकाल,दिपक सुबेदी,अनु राई,सुमि ठकुरी,रुपक रम्तेल,गणेश भट्टराई,हेमराज जोशीका साथै मेरि बास्सैमा लामो समय भुनियाको भुमिका निभाएकी हरिसा बानिया (भुनिया) को पनि अभिनय रहेकोछ ।

हेर्नुहोस भिडियो

 

Published On: Time : 8:09:19  532पटक हेरिएको

तपाईको प्रतिक्रिया