‘लिटल च्याम्प’को दोश्रो अडिसन आगामी शनिवार

मेरो लुक्स इन्टरटेन्मेण्टले झापाको विर्तामोडमा आयोजना गरेको ‘लिटल च्याम्प २०१८’को दोश्रो अडिसन आगामी साउन ५ गते शनिवार हुने भएको छ । विर्तामोड नगरपालिका भित्र रहेका विभिन्न बोर्डीङ्ग तथा सरकारी विद्यालयमा अद्ययनरत कक्षा ५ देखी १० कक्षा सम्मका प्रतिभावान विद्यार्थीहरुलाई समेटेर आयोजना गर्न लागीएको यस प्रतियोगीताको पहिलो अडिसन गत शनिवार सम्पन्न भएको थियो ।

प्रतियोगीतामा सहभागीहरुलाई १ महिना बन्द शत्रमा राखेर विभिन्न प्रकारका तालिमहरु प्रदान गरीने प्रतियोगीताकी कोरीयोग्राफर वर्षा शिवाकोटीले बताईन् । विभिन्न संघ संस्थाहरुले यस अघि गरेका प्रतियोगिताबाट असन्तुष्ट बनेकाकारण धेरै अभिभावकहरुले आफुहरु माथी पनि संङ्का गरेको बताउँदै प्रतियोगिताका संयोजक संजिव मैनालीले ढुक्क भएर आफ्ना नानीहरुलाई सहभागी गराउन आग्रह गरे ।
‘लिटल च्याम्प’मा ३० जनालाई मात्र सहभागी गराउने आयोजकको योजना रहेकाले आगामी अडीसन यस प्रतियोगीताको लागी अन्तिम अडीसन हुने आयोजक समितिका संयोजक दिपेश बस्नेतले जानकारी दिए । बालवालिकाहरुलाई एक महिना सम्म बन्द शत्रमा राखेर व्यात्तित्व विकास तथा पव्लीक स्पिकिङ्ग,आरजे,भिजे लगायत मोडलिङ र फोटो सुटसमेत गराईने भएकाकारण उनीहरुमा निखारपन आउने आयोजकको भनाई छ ।

Published On: Time : 21:29:08  970पटक हेरिएको

तपाईको प्रतिक्रिया